
काठमाडौं ।
क्वालकमले यो वर्षको सेप्टेम्बर महिनामा स्न्यापड्रागन ८ एलिट जेन ६ र स्न्यापड्रागन ८ एलिट जेन ६ प्रो अनावरण गर्ने हल्ला चलिरहेको छ। स्न्यापड्रागन ८ एलिट जेन ६ प्रो सन् २०२७ सम्म स्मार्टफोन एसओसी स्पेसमा कम्पनीको नयाँ शीर्षस्तरको चिपसेट हुनेछ।
अब चीनबाट आएको एउटा नयाँ हल्लाले शाओमी १८ ले एलिट जेन ६ प्रो स्पष्ट रूपमा धेरै महँगो हुने देखिएको हुनाले एसओसीको प्रो संस्करण नभइ स्न्यापड्रागन ८ एलिट जेन ६ प्रयोग गर्ने दावी गरेको छ। यद्यपि शाओमी १८ प्रो र शाओमी १८ प्रो म्याक्स सम्भवतः प्रो चिपसेट चयन गर्ने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरको छ।
क्वालकमले नयाँ चिपहरू आधिकारिक बनाएपछि शाओमीले कथित रूपमा सेप्टेम्बरमा आफ्नो अर्को फ्ल्यागशिप परिवार अनावरण गर्नेछ भने दुई कम्पनीहरूको लामो समयदेखि चलिरहेको सम्झौताको पछिल्लो संस्करणले शाओमीलाई क्वालकमको नयाँ शीर्ष चिपहरूमा पहुँच दिने छ।
गत महिनाको एउटा अघिल्लो अफवाहले शाओमी १८ मा पेरिस्कोप टेलिफोटो क्यामरा हुने दावी गरेको थियो भने सम्भवतः शाओमी १७ प्रो ले हाल प्रयोग गर्ने एफ÷३.० एपर्चर भएको ५० मेगापिक्सेल क्यामरा हुने उल्लेख गरिएको छ।
प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार