
काठमाडौं ।
फोर्डले मध्यम आकारको इलेक्ट्रिक पिकअप ट्रकको बारेमा नयाँ विवरणहरूको खुलासा गरेको छ। उक्त इलेक्ट्रिक पिकअप ट्रकको मूल्य लगभग ३०,००० अमेरिकी डलर (लगभग २५,००० युरो) हुने अपेक्षा गरिएको छ।
यो मोडेल नयाँ युनिभर्सल इलेक्ट्रिक भेहिकल (यूईभी) प्लेटफर्ममा पहिलो हुनेछ र उत्पादन लागतमा उल्लेखनीय रूपमा कमी ल्याउनमा केन्द्रित रहको टेलिग्राफले रिपोर्ट गरको छ।
फोर्डका सीईओ जिम फार्लीले १४६ भन्दा बढी अलग–अलग पार्ट (भाग)हरू केवल दुई मुख्य तत्वहरूले प्रतिस्थापन गर्दै “ठूला एल्युमिनियम पाट्र्स” प्रयोग गरिने घोषणा गरे।
यो प्रविधिले ठूला मोड्युलहरूबाट गाडीको एसेम्बलीलाई अनुमति दिन्छ र उत्पादनको जटिलतालाई उल्लेखनीय रूपमा कम गर्नेछ।
नयाँ पिकअपमा हालको आधुनिक सवारी साधनहरूको तुलनामा २० प्रतिशत कम पाट्र्स र २५ प्रतिशत कम स्क्रूहरू हुनेछन् भनि फोर्डले बताएको छ।
एरोडायनिमिक्समा विशेष ध्यान दिइएको छ भने कुनै पनि सुधारले ब्याट्री लागत र दक्षतालाई प्रत्यक्ष रूपमा असर गर्ने थप उल्लेख गरिएको छ।
यो परियोजना फोर्डको इलेक्ट्रिक भविष्यको लागि महत्वपूर्ण मानिएको छ।
प्रकाशित: १ फाल्गुन २०८२, शुक्रबार