दोस्रो त्रैमासमा नेपाल टेलिकमले कमायो ४ अर्ब साढे १६ करोड खुद नाफा: अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले घट्यो

  • Technology Khabar | २९ माघ २०८२, बिहीबार
दोस्रो त्रैमासमा नेपाल टेलिकमले कमायो ४ अर्ब साढे १६ करोड  खुद नाफा: अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले घट्यो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ नेपाल टेलिकमले ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ हाराहारी मुनाफा आर्जन गरेको छ। यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले कम हो।

गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार मुनाफा गरेको थियो जसको तुलनामा हाल १२.९८ प्रतिशत अर्थात् ६२ करोड १४ लाख १५ हजार रुपैयाँले कमी आएको छ।

यस्तै हाल एबिटा ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रहेको छ भने उक्त रकम गत आ.व. को सोहि अवधिको १० अर्ब ०३ करोड ७५ लाख ८९ हजारको तुलनामा रु. २६ करोड ०५ लाख २६ हजार (अर्थात् २.६०  प्रतिशत) ले कम छ।

लगानीमा भएको मूल्य परिवर्तन तथा ब्याज दर क्रमिक रूपमा घटेका कारण ब्याज आयमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा ब्याज आय करिब रु. ७४ करोड ६३ लाख ८३ हजार (अर्थात् ३२ प्रतिशत) ले घटेको पाइएको छ।

यस्तै राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीको भनाइ छ।

यस आ.व. को दोस्रो त्रैमासिकसम्म कर अघिको मुनाफा रु. ५ अर्ब ९१ करोड ४३ लाख रहेको छ भने उक्त रकम गत आ.व. को  सोहि अवधिको कर अघिको मुनाफा रु. ६ अर्व १९ करोड ९० लाख ३८ हजारको तुलनामा रु. २८ करोड ४७ लाख ३८ हजार (अर्थात् ४.५९  प्रतिशत) ले कमी छ।

यो अवधिमा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रहेको छ जुन गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय १७ अर्ब ४९ लाख २५ हजारको तुलनामा रु. २९ करोड ४८ लाख ०५ हजार (अर्थात् १.७३ प्रतिशत)ले बढी हो।

यस्तै कुल आय १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार  रहेको छ जुन गत आ.व. को सोहि अवधिको कुल आय १९ अर्ब ५१ करोड ९२ लाख ६६ हजारको तुलनामा २९ करोड २० लाख रुपैयाँ (अर्थात् १.५ प्रतिशत)ले कम हो।

यसकारण घट्यो मुनाफा

एक वर्षको अवधिमा मुनाफामा यसप्रकारको गिरावट आउनुमा विभिन्न घटकहरुले असर गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा करिब ८ करोड ०५ लाख ९८ हजार (अर्थात् ६.१४  प्रतिशत) ले कमी आएको छ भने ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ।

यसका साथै सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्व उल्लेख्य वृद्धि हुन नसक्नु, कर्मचारीको सवाधिक बीमाको बीमांक रकम वृद्धि  भएकोले कर्मचारी बीमा खर्च बढेको तथा कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको छुट दर ७.५ प्रतिशतबाट ७ प्रतिशत भएकोले कर्मचारीको पेन्सन तथा उपदान खर्च बढेको हुँदा समग्रमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा कर्मचारी खर्चमा ११.५ प्रतिशतले वृद्धि हुनु अर्को कारक रहेको छ।

अन्य घटकहरुमा विदेशी मुद्राको सटही दरमा भएको परिवर्तनका कारण विदेशी मुद्र सटही नाफा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा १५० प्रतिशतले वृद्धि हुनु, कम्पनीको लेखा नीति अनुसार जिन्सी मौज्दातमा आवश्यक खर्च व्यवस्था थप गरिएकोले इम्पेयरमेन्ट खर्चमा गत आ.व. को दोस्रो त्रैमासिकसम्मको तुलनामा रु. १८.३५ करोडले वृद्धि हुनु साथै

यस आ.व. को दोस्रो त्रैमासिकसम्मको चालु कर गत आ.व.को दोस्रो त्रैमासिकसम्मको चालु करभन्दा  ५५.५६ प्रतिशतले वृद्धि हुनु र गत आ.व.को चालु कर विगतको करयोग्य नोक्सानी समायोजन गरी गणना गरिएको हुँदा कमी देखिनु रहेको कम्पनी उल्लेख गरेको छ।

प्रकाशित: २९ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार