आर्टिफिसियल इन्टेलिजेन्सले डाइनासोरको पदचिह्न पहिचान गर्न यसरी मद्दत गर्यो

  • Technology Khabar | २७ माघ २०८२, मंगलवार
आर्टिफिसियल इन्टेलिजेन्सले डाइनासोरको पदचिह्न पहिचान गर्न यसरी मद्दत गर्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

डाइनासोरको जीवाश्मका सबैभन्दा सामान्य प्रकारहरू मध्ये पदचिह्नहरू एक हुन्। कहिलेकाहीँ वैज्ञानिकहरूले एउटा वा एकल पदचिह्न मात्र फेला पार्दछन् भने कहिलेकाहीँ तिनीहरूले समूहमा ठूलो संख्यामा पदचिह्नहरू भेट्टाउने गरेका छन्। तर कुन डाइनासोरले कुन पदचिह्न छोड्यो भनेर पहिचान गर्नु अत्यन्तै गाह्रो हुने गरेको छ।

वैज्ञानिकहरूले दिइएको ट्र्याकको आठ फरक विशेषताहरूको आधारमा पदचिह्नहरूको लागि जिम्मेवार डाइनासोरको प्रकार निर्धारण गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्ने विधि विकास गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

“यो महत्त्वपूर्ण छ किनभने यसले पदचिह्नहरूलाई वर्गीकृत र तुलना गर्ने वस्तुनिष्ठ तरिका प्रदान गर्दछ भने व्यक्तिपरक मानव व्याख्यामा निर्भरता कम गर्दछ” जर्नल प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेजमा प्रकाशित अध्ययनका सह–लेखक तथा जर्मनीको हेल्महोल्ट्ज–जेन्ट्रम बर्लिनका भौतिकशास्त्री ग्रेगर हार्टम्यानले भने।

“पदचिह्न छोडेको कुरासँग पदचिह्न मिलाउनु एउटा ठूलो चुनौती हो र पुस्तादेखि जीवाश्मविद्हरूले बहस गर्दै आएका छन्,” एडिनबर्ग विश्वविद्यालयका जीवाश्मविद् र अध्ययनका प्रमुख लेखक स्टीव ब्रुसाटले भने।

डाइनासोरले हड्डी, दाँत र अवशेषहरू सहित धेरै प्रकारका जीवाश्म अवशेषहरू छोडेका छन्।

ती मध्ये पदचिह्नहरू प्रायः धेरै भेटिने गरेका छन् र वैज्ञानिकहरूलाई डाइनासोर कुन प्रकारको वातावरणमा बस्थ्ये र अन्य जनावरहरूको पदचिह्नहरू भेटिएको खण्डमा तिनीहरूले अन्य जनावरहरूको प्रकारहरूका साथ कस्तो पारिस्थितिक प्रणाली साझा गर्थे भन्ने जस्ता धेरै कुरा बताउन सक्छन्।

डाइनासोरको १५ करोड वर्षको इतिहासमा फैलिएका लगभग २,००० पदचिह्नहरूको विश्लेषण गरेर नयाँ विधिलाई सिद्ध गरिएको थियो भने एआईले यी पदचिह्नहरूको आकारमा भिन्नताहरूको व्याख्या गर्ने आठ विशेषताहरू पहिचान गरेको रिपोर्ट गरिएको छ।

धेरै पदचिह्नहरू पहिले विशेषज्ञहरूले एक विशिष्ट डाइनासोर प्रजातिको रूपमा विश्वस्त रूपमा पहिचान गरेका थिए।

एक पटक एल्गोरिदमले विशिष्ट विशेषताहरू पहिचान गरेपछि विशेषज्ञहरूले भविष्यका पदचिह्नहरूको पहिचानलाई मार्गदर्शन गर्न पदचिह्नहरू बनाएको विश्वास गरिएका डायनासोरका विभिन्न प्रजातिहरूसँग कसरी मेल खान्छ भनेर नक्साङ्कन गरेका थिए।

“समस्या यो हो कि जीवाश्म पदचिह्न कसले छोड्यो भनेर निर्धारण गर्नु स्वाभाविक रूपमा अनिश्चित हुने गरेका छ” हार्टम्यानले भने।

“ट्रयाकको आकार जनावर आफैं बाहेक धेरै कारकहरूमा निर्भर गर्दछ। जस्तै डायनासोरले त्यतिबेला के गरिरहेको थियो, जस्तै हिँड्ने, दौडने, हाम फाल्ने वा पौडी खेल्ने, ह्युमिडिटी र सब्सट्रेटको प्रकार (जमिनको सतह), ट्रयाक कसरी सेडिमेण्टमा गाडिएको थियो र लाखौं वर्षदेखिको इरोजनले यसलाई कसरी परिवर्तन गर्यो भन्ने जस्ता धेरै कारकहरूमा निर्भर गर्दछ। फलस्वरूप, एउटै डायनासोरले धेरै फरक देखिने ट्रयाकहरू छोड्न सक्छ,” हार्टम्यानले थपे।

“यसको अर्थ यो हो कि यदि हामीले पाइलाको छाप फेला पार्यौं भने, हामीले जासूसको भूमिका खेल्नुपर्छ र कुन डायनासोरले तिनीहरूलाई बनायो भनेर पहिचान गर्नुपर्छ,” उनले थप उल्लेख गरे।

प्रकाशित: २७ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...