सार्वजनिक यातायात सुधार गर्दै काठमाडौँ महानगरपालिका, विद्युतीय बस सञ्चालनदेखि क्यासलेस एकीकृत यातायात प्रणाली विकाससम्म

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
सार्वजनिक यातायात सुधार गर्दै काठमाडौँ महानगरपालिका, विद्युतीय बस सञ्चालनदेखि क्यासलेस एकीकृत यातायात प्रणाली विकाससम्म
काठमाडौँ, २ माघः सुन्धारामा यात्रुको भीड काठमाडौँको सुन्धारामा शुक्रबार देखिएको ट्राफिक जाम र गाडी कुरिरहेका यात्रुको भीड।तस्बिर : ओमप्रकाश बोहरा/रासस

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निजी कार छोडेर सार्वजनिक यातायातका साधनको प्रयोगलाई छान्ने अवस्था बनाउनका लागि सम्बन्ध भएकाहरूसँग छलफल अघि बढाइसकेको जानकारी दिइन्।

विश्व वैङ्कका प्रतिनिधिहरुसँग आइतबार कुरा गर्दै उनले भनिन, “हामीलाई थाहा छ, यो लक्ष्यमा पुग्न सजिलो छैन। तर, हामीले यो लक्ष्य हासिल नगरी हुँदैन । भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्नका लागि योजनासहित चरणबद्ध रुपमा अघि बढ्नुपर्छ।”

यसअघि साझा यातायातका अधिकारीसँग ललितपुरको पाटन अस्पतालदेखि अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गङ्गालाल हृदय केन्द्र, भएको भेटका क्रममा एउटा अस्पतालदेखि अर्को अस्पतालसम्म जोड्ने तथा कलङ्कीदेखि कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म रात्रिकालीन विद्युतीय बस सञ्चालन सम्भावनाका विषयमा कुराकानी भइसकेको पनि उनले जानकारी दिइन्।

पूर्वाधार सुधार गरेर वातावरणमैत्री, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन गर्ने, व्यवस्थापन गर्ने योजनालाई कामपाले महत्त्वका साथ अघि बढाएको बताइएको छ।

सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउने, बस बिसौनी, बिसौनीमा सार्वजनिक शौचालय निर्माण र सञ्चालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकल यात्रीमैत्री सडक निर्माण तथा व्यवस्थापन सार्वजनिक यातायात व्यवस्थापनका कोणबाट सामना गर्नुपर्ने चुनौती हुन्।

सार्वजनिक यातायातसँग सम्बन्धित विवरण सङ्कलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र, व्यापारिक केन्द्र वा सपिङ मलमा यातायात सेवाको उपलब्ध बढाउने, यसबापत सेवा शुल्क तोक्ने, रुट निर्धारण गर्ने, निर्धारण गरिएका रुटमा एकतर्फी, दोहोरो सञ्चालन, तोकिएका सवारीसाधनलाई पूर्ण वा आंशिक निषेध गर्नेजस्ता काम गर्नुपर्ने देखिन्छ । यी कामहरू तहगत सरकार, निजी साझेदार तथा समुदाय स्तरसम्ममा गर्नुपर्ने कामपाको भनाइ छ।

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार