सयौं रोबोटहरू एउटै एआई “मस्तिष्क” बाट काम गर्ने कार्य अब वास्तविकतामा परिणत हुँदै

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
सयौं रोबोटहरू एउटै एआई “मस्तिष्क” बाट काम गर्ने कार्य अब वास्तविकतामा परिणत हुँदै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

ह्युमनोइड रोबोटहरूले अहिलेसम्म प्रायः आफैं काम गर्दै आएका छन्। ह्युमनोइड रोबोटहरूहरूलाई अब एकैसाथ सँगै प्रयोग गर्न नयाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली डिजाइन गरिएको छ।

विभिन्न कार्यहरूको लागि डिजाइन गरिएको ह्युमनोइड रोबोटहरूले अब एउटै एआई ‘मस्तिष्क’ साझा गर्न सक्छन् र उक्त मस्तिष्कले एकैसाथ धेरै ठाउँहरूको रोबोटहरूको कार्यहरू समन्वय गर्नेछ।

बेलायतमा आधारित कम्पनीले अनावरण गरेको यो एआई प्रणालीले व्यावहारिक रूपमा कारखाना, सेवा र घरहरूमा एकैसाथ विभिन्न उद्देश्यका लागि निर्मित रोबोटहरूको फ्लीटहरूको लागि “साझा मस्तिष्क” को रूपमा काम गर्न सक्ने उल्लेख गरिएको छ।

ब्रिटिश फर्मको यो प्रणाली विषेश रुपमा एकल एआई प्रणाली अन्तर्गत धेरै ह्युमनोइड रोबोटहरूलाई संयुक्त रूपमा व्यवस्थापन गर्न डिजाइन गरिएको हो।

नयाँ प्रणाली प्रस्तुत गरेको रोबोटिक्स कम्पनी ह्युमनोइडका अनुसार किनेटआईक्यू भनिने प्रणालीले सम्पूर्ण रोबोट फ्लीटहरूलाई कार्यहरू तोक्न र केही सेकेन्ड भित्र एकैसाथ व्यक्तिगत चालहरू नियन्त्रण गर्न सक्नेछ।

व्यक्तिगत रोबोटहरूबाट प्राप्त भएका डाटा प्रणालीभरि साझा गरिने र यो कार्यले फ्लीटमा प्रदर्शन सुधार गर्न मद्दत गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार