
काठमाडौं ।
ओपनएआईले आफ्नो पहिलो हार्डवेयर प्रोडक्ट (उत्पादन) को रुपमा अवश्य पनि कम्पनीको आफ्नै एआई मोडेलद्वारा सञ्चालित इयरबड्स लन्च गर्ने तयारी गरिरहेको वेइबोमार्फत एक चिनियाँ टिपस्टरले खुलासा गरेको छ।
रिपोर्टका अनुसार कम्पनीले सम्भवतः बढ्दो हार्डवेयर लागतको कारणले हालको लागि आफ्नो हार्डवेयर प्रयासहरूमा कमी ल्याउने निर्णय गरेको छ।
सुरुमा ओपनएआईले सानो पेन्डेन्ट वा कलममा काम गरिरहेको हल्ला बाहिरिएको थियो र स्मार्टफोन भन्दा बढी शान्त डिभाइस भनेर सीईओ साम अल्टम्यानले वर्णन गरेको टिप्पणीसँग मेल खाएको छ। साथै ओपनएआईले एप्पलका पूर्व–प्रमुख डिजाइनर जोनी इभलाई कम्पनीमा नियुक्त गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
डिभाइसको बारेमा पहिले उल्लेख भएदेखि योजनाहरूमा सम्भवतः परिवर्तन भएको र कम्पनीले केहि सरल – एआई–संचालित इयरबड्स निमार्ण गर्ने निर्णय गरेको छ।
साथै डिभाइसलाई “डाइम” भनिने जानकारी बाहेक अन्य कुनै विवरणहरू उपलब्ध छैनन्। यो वर्षको अन्त्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ र एचबीएम (हाई–ब्यान्डविथ मेमोरी) अभावमा सुधार भएपछि ओपनएआईले उत्पादनको अझ उन्नत संस्करण प्रस्तुत गर्नेछ।
प्रकाशित: २६ माघ २०८२, सोमबार