
काठमाडौं ।
एप्पलको आगामी आईफोन १८ प्रो लाइनअप हालैका हप्ताहरूमा धेरै लीकहरुको विषय बनि रहेको छ। पछिल्लो अफवाहले अब आईफोन १८ प्रो म्याक्सको ब्याट्री क्षमता खुलासा गरेको दाबी गरेको छ।
वेइबोमा एक पोस्टमाफर्त टिपस्टर डिजिटल च्याट स्टेशनले आईफोन १८ प्रो म्याक्समा चीनको लागि ५,००० एमएएच (वा ठूलो) ब्याट्री हुने दाबी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी अन्तर्राष्ट्रिय भेरियन्टले भने सम्भवतः ५,१००–५,२००एमएएच दायरामा थोरै ठूलो ब्याट्री प्याक गर्ने भनिएको छ,। टिपस्टरले नयाँ २एनएम ए२० प्रो चिपसेटको कारण फोनले सुधारिएको ब्याट्री लाइफ प्रदान गर्ने दाबी गरेको छ।
चीन–विशिष्ट मोडेलमा भौतिक सिम स्लट भएको कारणले ब्याट्री क्षमतामा भिन्नता भएको बताइएको छ र धेरैजसो अन्तर्राष्ट्रिय संस्करणहरूले मात्र ईसिम पाउने उल्लेख गरिएको छ। सन्दर्भको लागि, भौतिक सिम स्लट भएको आईफोन १७ प्रो म्याक्सले ४,८३२ एमएएच ब्याट्री प्याक गर्दछ भने ईसिम भेरियन्टले थोरै ठूलो ५,०८८ एमएएच सेल समावेश गरेको छ।
एप्पलले स्ट्याण्डर्ड आईफोन १८ मोडेलहरू छोडेर यो वर्षको सेप्टेम्बरमा आईफोन १८ प्रो लाइनअप अनावरण गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २६ माघ २०८२, सोमबार