प्रस्तावित बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
प्रस्तावित बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं ।

प्रस्तावित बौद्धिक सम्पत्ति ऐनसम्बन्धी कार्यशाला गोष्ठी काठमाण्डौँमा सम्पन्न भएको छ। गोष्ठी बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागको संयुक्त आयोजनामा गरिएको हो।

गोष्ठीमा प्रस्तावित बौद्धिक सम्पति ऐनअन्तर्गत ट्रेडमार्की भौगोलिक संकेत, पेटेन्ट तथा प्रशासनिक व्यवस्थासम्बन्धी प्रावधानहरूमा केन्द्रीत रही छलफल गरिएको थियो।

अधिवक्ता एवं विज्ञ वक्ताहरु लक्ष्मी सापकोटा, क्रिपा श्रेष्ठ, सज्जनवर सिंह थापा, प्रियंका अधिकारी तथा विसुकुमार केसीले ऐनका विभिन्न प्रावधानहरूको समीक्षा गर्दै सम्भावित सुझावहरु प्रस्तुत गरेका थिए।बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका सभापति बिसुकुमार केसीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा विशिष्ठ अतिथिको रूपमा पूर्व अर्थ तथा उद्योग मन्त्री शंकर प्रसाद कोइराला र विशिष्ठ अतिरिक्त रूपमा उद्योग वाणिज्य तथा आपूर्ति मनत्रालयका सचिव रामप्रसाद घिमिरेको उपस्थिति रहेको थियो। साथै मन्त्रालयको सहसचिव कल्पना श्रेष्ठ तथा उद्योग विभागका महानिर्देशक सहसचिव जितेन्द्र बस्नेतलगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा कानून व्यवसायी, उद्योगी – व्यवसायी, बौद्धिक सम्पत्तिको विज्ञ तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। गोष्ठीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षण प्रणालीला प्रभावकारी बनाउने विषयमा निति संवादको महत्वपूर्ण अवस प्रदान गरेको आयोजकले जनाएका छन्।

 

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार