आइतबार बिहानैदेखि किन ‘डाउन’ भयो सुनचाँदी व्यवसायी महासंघको वेबसाइट?

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
आइतबार बिहानैदेखि किन ‘डाउन’ भयो सुनचाँदी व्यवसायी महासंघको वेबसाइट?

काठमाडौं ।

सुनचाँदी व्यवसायी महासंघको वेबसाइट आज बिहानैदेखि डाउन भएको छ। अहिले केही बेर साइट खुलेको भए पनि बेला बेला अझै डाउन भएको देखिन्छ।

वेब ब्राउजरमा fenegosida.org लेखेर इन्टर गरेपछि वेबसाइट खुलेन बरु एउटा खाली पेज डिस्प्ले भयो जसमा लेखिएको थियो: ‘टू मेनी रिक्वेस्ट्स : दिस यूजर ह्याज सेन्ट टू मेनी रिक्वेस्ट्स इन ए गिभन अमाउन्ट अफ टाइम।’ 

एकैपटकमा धेरैले साइट भिजिट गरेपछि वेबसाइट ‘डाउन’ भएको बुझिएको छ।

के कारणले र कुन अवस्थामा साइट डाउन हुन्छ?

धेरै जना यूजरले एउटै समयमा वेबसाइट भिजिट गर्दा वेबसाइट डाउन हुनुको मुख्य कारण त्यसको सर्भर क्षमता सीमित हुनु हो।

वेबसाइट भनेको एउटा कम्प्युटर (सर्भर) मा राखिएको सूचना हो। जब तपाईं वेबसाइट खोल्नुहुन्छ तब तपाईंको मोबाइल वा कम्प्युटरले सर्भरलाई “पेज पठाइदेऊ” भनेर अनुरोध गर्छ।

सामान्य अवस्थामा सर्भरले एकैचोटि सयौँ वा हजारौँ अनुरोध सम्हाल्न सक्छ। तर अचानक धेरै मानिसहरूले एउटै समयमा वेबसाइट खोल्न खोजे भने सर्भरमाथि धेरै लोड वा भार पर्छ।

प्राविधिक रूपमा, सर्भरका तीन मुख्य सीमितता हुन्छन्:  सीपीयू (प्रोसेसर), र्याम (मेमोरी) र नेटवर्क ब्यान्डविथ।

सीपीयूले अनुरोध प्रक्रिया गर्छ, र्यामले अस्थायी डाटा राख्छ, र ब्यान्डविथले डाटा पठाउने–ल्याउने काम गर्छ। यीमध्ये कुनै एक भरिन पुगे भने सर्भरले नयाँ अनुरोध लिन सक्दैन र वेबसाइट स्लो वा डाउन हुन्छ।

अर्को कारण डेटाबेस ओभरलोड हो। धेरै प्रयोगकर्ताले लगइन, फारम भर्ने, वा सर्च गर्ने क्रममा डेटाबेसमा धेरै क्वेरी पठाउँछन्। डेटाबेसले समयमै जवाफ दिन नसक्दा पनि वेबसाइट काम गर्न छाड्छ।

कहिलेकाहीँ डीडीओएस आक्रमण जस्ता दुर्भावनापूर्ण गतिविधिले नक्कली ट्राफिक पठाएर सर्भर डाउन गराइन्छ।

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार