ग्यालेक्सी एस२६ अल्ट्राको ३६०–डिग्री स्पिन भिडियो बाहिरियो

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
ग्यालेक्सी एस२६ अल्ट्राको ३६०–डिग्री स्पिन भिडियो बाहिरियो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस२६ को लीकहरु आउने क्रम जारी रहँदा अब एस२६ अल्ट्राको कोबाल्ट भायोलेट रङ्गमा ३६०–डिग्री रेन्डर बाहिरिएको छ। ईभीलीक्सद्वारा साझा गरिएको भिडियोमा आगामी टप–टियर ग्यालेक्सीलाई विभिन्न कोणबाट देखाइएको छ।

पहिलो झलकमा एस२६ अल्ट्राको डिजाइनले एस२५ अल्ट्राको सम्झना दिलाउँछ भने डिभाइसलाई नजिकबाट हेर्दा आगामी फोनमा अलि बढी गोलाकार कुनाहरू देख्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एस२६ अल्ट्राको पछाडिको भागमा ग्यालेक्सी जेड फोल्ड७ शैलीको क्यामरा आइल्याण्ड रहेको र एस२५ अल्ट्राको व्यक्तिगत क्यामरा रिङ्गहरू प्रतिस्थापन गरेको छ। एस२६ अल्ट्रा आफ्नो पूर्ववर्ती भन्दा थोरै पातलो हुने अपेक्षा गरिएको छ र ८.२ एमएमको सट्टा ७.९ एमएम मापन गर्ने भनिएको छ। साथै डिभाइस २१४ ग्राम तौलको साथ थोरै हल्का पनि हुनेछ।

पहिले लीक भएको जानकारीको आधारमा, एस२६ अल्ट्रामा ६.९ इन्चको डायनामिक एएमओएलईडी डिस्प्ले (क्यूएचडी+ १–१२०हर्ज), १६जीबी सम्मको र्याम भएको क्वालकमको स्न्यापड्रागन ८ एलिट जेन ५, १टीबी स्टोरेज र ६०वाट वायर्ड र २५वाट सम्मको तार बिनाको चार्जिङ भएको ५,०००एमएएच ब्याट्री हुनेछ।

पछाडिको क्यामरामा राम्रो प्रकाश जम्मा गर्नको लागि अपडेट गरिएको एफ/१.४ एपर्चर भएको २०० मेगापिक्सेलको मुख्य शूटर (आईएसओसीएलएल एचपी२) का साथै ५० मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल (सामसङ जेएन३), ५× अप्टिकल जुम भएको ५०मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो (आईएमएक्स८५४) र ३× अप्टिकल जुम भएको १०मेगापिक्सेलको टेलिफोटो समावेश हुनुपर्ने बताइएको छ।

सामसङले फेब्रुअरी २५ मा ग्यालेक्सी एस२६ सिरिज अनावरण गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...