चीनले तयार पार्यो प्रति सेकेन्ड १० मिटरसम्मको गतिमा दौडन सक्ने नयाँ ह्युमनोइड रोबोट

  • Technology Khabar | २५ माघ २०८२, आईतवार
चीनले तयार पार्यो प्रति सेकेन्ड १० मिटरसम्मको गतिमा दौडन सक्ने नयाँ ह्युमनोइड रोबोट
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

चिनियाँ टोलीले पूर्ण आकारको ह्युमनोइड रोबोट अनावरण गरेको छ। उक्त ह्युमनोइड रोबोट धेरैजसो मानिसहरू भन्दा छिटो प्रति सेकेन्ड १० मिटरसम्मको गतिमा दौडन सक्छ।

पूर्वी चीनको झेजियाङ विश्वविद्यालयको ह्युमनोइड इनोभेसन इन्स्टिच्युटले हाङझाउ शहरका मिरर मी र काइर्डा कम्पनीहरूसँगको सहकार्यमा विकास गरेको यो रोबोटलाई स्प्रिन्ट लिजेन्ड उसेन बोल्टको सम्मानमा “बोल्ट” भनेर नामाकरण गरिएको छ।

यो रोबोट मोसन कन्ट्रोल (गति नियन्त्रण), डायनामिक ब्यालेन्स (गतिशील सन्तुलन) र हाई–पर्फर्मेन्स पावर सिस्टम (उच्च–प्रदर्शन शक्ति प्रणालीहरू) को लागि एक महत्त्वपूर्ण कदम भएको रोबोटको निमार्णकर्ताहरूले बताएका छन्।

यूट्युब र अन्य प्लेटफर्महरूमा पोस्ट गरिएको भिडियोमा मिरर मीका संस्थापक र सीईओ वाङ होङताओले रातो रङ्गको रोबोट “बोल्ट” सँग ट्रेडमिलमा दौडिएका छन्।

यद्यपि रोबोटलाई वाङ भन्दा छोटो पाइला चाले पनि रोबोटले धेरै पटक पाइला चाल्दै ट्रेडमिलमा छिटो हिँड्न व्यवस्थापन गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

चिनियाँहरूले पहिले “ब्ल्याक प्यान्थर“ मोडेलको साथ क्वाड्रोपेडल रोबोटहरूको लागि गति रेकर्ड कायम गरेएका थिए र उक्त रोबोट प्रति सेकेन्ड १० मिटरभन्दा बढी पुगेको रिपोर्ट गरिएको छ।

गत अगस्टमा ह्युमनोइड रोबोटहरूको लागि पहिलो विश्व च्याम्पियनशिप बेइजिङमा आयोजना गरिएको थियो। उक्त विश्व च्याम्पियनशिपमा “टिएन कुङ” मोडेल ”ले २१.५ सेकेन्डको समयका साथ १०० मिटर दौड जतेको थियो।

जमैकाका धावक उसेन बोल्टले २००९ मा बर्लिन विश्व च्याम्पियनसिपमा स्थापित १०० मिटर (९.५८ सेकेन्ड) र २०० मिटर (१९.१९ सेकेन्ड) मा विश्व कीर्तिमान राखेका छन्।

प्रकाशित: २५ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार