वीरगञ्जबाट विद्युतीयलगायत दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो

  • Technology Khabar | २२ माघ २०८२, बिहीबार
वीरगञ्जबाट विद्युतीयलगायत दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्षको प्रथम छ महिनामा वीरगञ्ज भन्सारबाट चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्।

ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ। गत आवको  सोही अवधिमा  रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड दुई पाङ्ग्रे मोटरसाइकल आयात भएका थिए।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको  पहिलो ६ महिनामा ४५ करोड ८१ लाख बराबरका  चार हजार ५६७ वटा दुई पाङ्ग्रे मोटरसाइकल आयात भएको छन्। गत आवको सोही अवधिमा रु २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए।

यसैगरी सोही अवधिमा ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा रु ३० करोड ९६ लाख बराबरका  दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।-रासस

प्रकाशित: २२ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार