
काठमाडौं ।
एप्पलले आईफोन १७ सिरिजमा सेल्फी क्यामराको लागि वर्गाकार सेन्सर प्रयोग गरेकोमा अब अन्य ब्रान्डहरूले पनि त्यसलाई पछ्याउन सक्ने बुझिएको छ।
ह्वावे र ओप्पो आफ्ना आगामी फोनहरूमा नयाँ वर्गाकार सेन्सर अपनाउने पहिलो चिनियाँ ब्रान्ड हुन सक्नेछन्।
टिपस्टर डिजिटल च्याट स्टेशनले ह्वावे र ओप्पोले अगाडिको क्यामराको लागि १ः१ सेन्सर परीक्षण गरिरहेको दावी गरेको छ। दावी अनुसार ह्वावेले सम्भवतः नोभा १६ सिरिजको साथ आफ्नो क्यामरा–केन्द्रित मिड–रेञ्ज स्मार्टफोनहरूमा वर्गाकार सेल्फी सेन्सर प्रस्तुत गर्न सक्नेछ।
त्यसैगरी ओप्पोले आफ्नो फ्ल्यागशिप डिभाइसहरूमा वर्गाकार फ्रन्ट क्यामरा सेन्सर प्रयोग गर्ने योजना बनाइरहेको र सम्भवतः फाइन्ड एक्स१० सिरिजबाट सुरु हुनेछ। ओप्पोको कार्यान्वयन एप्पलको भन्दा अझ उन्नत हुने टिपस्टरले थप उल्लेख गरेको छ।
एप्पलले आईफोन १७ सिरिजलाई १८ मेगापिक्सेल सेल्फी क्यामराले सुसज्जित गरेको छ र १ः१ वर्गाकार सेन्सर प्रयोग गर्दछ भने अटो जुमलाई समर्थन गर्दछ। वर्गाकार ढाँचाले फोनलाई भौतिक रूपमा घुमाउने आवश्यकता बिना नै पोट्र्रेट र ल्यान्डस्केप ओरियन्टेसन गरी दुवैमा निर्बाध शूटिङ्ग सक्षम बनाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २२ माघ २०८२, बिहीबार