यी हुन् पुुस महिनाका टप टेन इन्टरनेट सेवा प्रदायकहरु: कसका ग्राहक कति?

  • Technology Khabar | २१ माघ २०८२, बुधबार
यी हुन् पुुस महिनाका टप टेन इन्टरनेट सेवा प्रदायकहरु: कसका ग्राहक कति?

काठमाडौं ।

नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग बढ्दै गइरहेको छ। व्यक्तिगत मनोरञ्जन वा कार्यालयको काम र अध्ययन अध्यापनमा समेत अपरिहार्य भएकाले इन्टरनेटको प्रयोग बढेको हो।

प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को छैटौं महिना पुस मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३० लाख २५ हजार ८३८ पुगेको छ। यो आँकडा अघिल्लो महिना कार्तिकसम्म ३० लाख ३ हजार ६४० थियो।

यस हिसाबले हेर्दा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा २२ हजार १९८ ले वृद्धि भएको छ।

नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात् असोजमा पनि कम्पनीको यो साख यथावत नै छ।

विवरण अनुसार २०८२ मंसिर मसान्तसम्मका  टप १० आईएसपी यसप्रकार छन्:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख ५३ हजार ३५ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १० लाख ४४ हजार ६६ थियो।

२. डिश मिडिया नेटवर्क

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म डिश मिडिया नेटवर्कको ३ लाख ८३ हजार ८१६ पुगेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ७७ हजार ४७९ रहेको थियो।

३.  भायानेट कम्युनिकेशन प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख ४६ हजार १७७ पुगेको छ।  अघिल्लो महिना पनि कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख ४० हजार ३२ थियो।

४. क्लासिक टेक प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या २ लाख ७२ हजार ५०० पुगेको छ।  अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ६८ हजार १७७ थियो।

५. सुबिसु केबलनेट प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या २ लाख ५७ हजार २३४ मा झरेक छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या २ लाख ५६ हजार १६८ थियो।

६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७६ हजार १४७ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७५ हजार १७८ रहेको थियो।

७. टेकमाइण्ड्स नेटवर्क प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख २३ हजार ३३१ पुगेको छ।  अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख १९ हजार ५९५ थियो।

८. वाइफाइ नेपाल प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या ९२ हजार १ मा पुगेको छ।  अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ९९ हजार २६४ थियो।

९. सिजी कम्युनिकेसन प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ८४ हजार ६१० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८५ हजार ७१३ थियो।

१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ मंसिर मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५४ हजार २१५ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५५ हजार ३४ थियो।

प्रकाशित: २१ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...