एप्पलले फ्लिप शैलीको फोल्डेबल आईफोनको ल्याउने विकल्पहरु हेर्दैः गुर्मन

  • Technology Khabar | २० माघ २०८२, मंगलवार
एप्पलले फ्लिप शैलीको फोल्डेबल आईफोनको ल्याउने विकल्पहरु हेर्दैः गुर्मन
फोटो सौजन्यः जीएसएमएरिना/ २०२२ को फोल्डेबल आईफोन डीआईवाई परियोजना (टेक एस्थेटिक्स)

काठमाडौं ।

पछिल्ला केही महिनाहरूमा आईफोन फोल्डको बारेमा व्यापक हल्लाहरू चलिरहेका छन्। आईफोन फोल्ड यो वर्षको उत्तरार्धमा लन्च हुने अपेक्षा गरिएको छ भने एप्पलले पहिले नै थप कम्प्याक्ट इन्ट्रिको लागि विकल्पहरू खोजिरहेको रिपोर्ट गरिएको छ।

ब्लूमबर्गका मार्क गुर्मनका अनुसार क्युपर्टिनोले पहिले नै बजारमा “स्क्वायर, क्ल्यामशेल–जस्तो आईफोन” ल्याउन विकल्पहरू खोजिरहेकोछ। उक्त डिभाइसको विकास एप्पल प्रयोगशाला भित्र विचाराधीन रहेको बताइएको छ।

गर्मनले आईफोन फ्लिपको बारेमा अन्य कुनै अतिरिक्त विवरण वा सम्भावित लन्च मितिको बारेमा साझा नगरेको र यो डिभाइस वास्तवमा बजारमा आउने कुनै ग्यारेन्टी छैन।

एप्पलले पहिले आफ्नो बुक–स्टाइल आईफोन फोल्डको साथ बजार परीक्षण गर्नुपर्ने र उपभोक्ताहरूले कस्तो प्रतिक्रिया दिन्छन् भनेर हेर्नुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

फ्लिप–स्टाइल फोल्डिङ आईफोन केही वर्षदेखि विकासमा रहेको हल्ला गरिएको छ र अघिल्ला रिपोर्टहरूले एप्पलसँग कम्तिमा दुई प्रोटोटाइप संस्करणहरू भएको सुझाव दिएका छन्। साथै क्युपर्टिनोले बुक–स्टाइल अघि फ्लिप–स्टाइल फोल्ड लन्च गर्ने अपेक्षा गरिएको थियो।

तीन वर्षभन्दा पहिलेको यो डीआईवाई भिडियोले फ्लिप–स्टाइल फोल्डेबल आईफोन प्रोटोटाइप कस्तो देखिन सक्छ भनेर देखाउँछ।

प्रकाशित: २० माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...