आधिकारिक पोस्टरमा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा देखा पर्यो

  • Technology Khabar | २० माघ २०८२, मंगलवार
आधिकारिक पोस्टरमा सामसङ ग्यालेक्सी एस२६ अल्ट्रा देखा पर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस२६ सिरिज अब तीन हप्तामा लन्च हुने अपेक्षा गरिएको छ र उक्त ठूलो कार्यक्रम अघि इभान ब्लास (२इभलीक्स) ले ग्यालेक्सी एस२६ अल्ट्राको लागि आधिकारिक पोस्टर साझा गरेका छन्। डिभाइस कोबाल्ट भायोलेट जस्तो देखिने आफ्नो नयाँ हिरो रङ्गमा देखा परेको छ।

पोस्टरको स्पेसिफिक एंगल (विशिष्ट कोण) ले बैजनी लुक प्रदान गर्दै फोनको पछाडिको भाग र दायाँ छेउ प्रदर्शन गर्दछ। साथै डिाइसमा जेड फोल्ड७ जस्तै देखिने रिडिजाइन गरिएको क्यामरा आइल्याण्ड पनि अवलोकन गर्न सकिने छ। त्यसैगरी फोनको मुख्य रङ्गसँग मेल नखाने कालो रङ्गको एस पेन स्टाइलस पनि देख्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सबैभन्दा भर्खरको मेगा लीक अनुसार ग्यालेक्सी एस२६ अल्ट्रामा ६.९–इन्च डायनामिक एएमओएलईडी (क्यूएचडी+ १–१२० हर्ज), क्वालकमको स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेट र ६० वाट वायर्ड चार्जिङको साथ ५,००० एमएएच ब्याट्री हुनेछ।

टप–टियर ग्यालेक्सीले एफ-१.४ एपर्चर भएको २०० मेगापिक्सेलको मुख्य क्यामरा (आईएसओसीईएलएल एचपी२) को साथै ५० मेगापिक्सेलको अल्ट्रावाइड (सामसङ जेएन३), ५× जुम भएको ५०मेगापिक्सेल पेरिस्कोप टेलिफोटो (आईएमएक्स८५४) र ३× अप्टिकल जुम भएको १० मेगापिक्सेलको टेलिफोटो समावेश गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २० माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...