फ्रान्सेली प्रविधि कम्पनी क्यापजेमिनीले आफ्नो अमेरिकी सहायक कम्पनी बिक्री गर्ने

  • Technology Khabar | १८ माघ २०८२, आईतवार
फ्रान्सेली प्रविधि कम्पनी क्यापजेमिनीले आफ्नो अमेरिकी सहायक कम्पनी बिक्री गर्ने
तस्बिर: रोयटर्स

काठमाडौं ।

फ्रान्सेली प्रविधि कम्पनी क्याजेमिनीले आइतबार आफ्नो अमेरिकी सहायक कम्पनी क्याजेमिनी गभर्नमेन्ट सलुसन्स बिक्री गर्ने घोषणा गरेको छ।

अमेरिकी आप्रवासन कार्यान्वयन निकाय आईसीई (इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट) सँग गरेको सम्झौताबारे स्पष्टिकरण दिन क्याजेमिनी हालका दिनहरूमा दबाबमा परेको थियो।

रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइविरुद्ध पछिल्ला हप्ताहरूमा व्यापक प्रदर्शन भएपछि आईसीईप्रति आलोचना चर्किएको सन्दर्भमा यो दबाब बढेको हो।

कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिकामा गोप्य गतिविधि सञ्चालन गर्ने संघीय निकायहरूसँग सम्झौता गर्दा लागू हुने सामान्य कानुनी सीमाहरूका कारण यस सहायक कम्पनीका केही सञ्चालन पक्षमा समूहका उद्देश्यसँग मेल खाने गरी उपयुक्त नियन्त्रण कायम गर्न क्याजेमिनी सक्षम नहुने निष्कर्षमा पुगेको छ।”

प्रकाशित: १८ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार