
काठमाडौं ।
स्मार्टफोन ब्रान्ड अनरले राजधानीको सिटी सेन्टरमा आफ्नो नयाँ अनर शोरुमको सञ्चालनमा ल्याएको छ।
कार्यक्रममा कलाकारद्वय अनुप विक्रम शाही र हेमन्त भण्डारीले संयुक्तरूपमा आइस ब्लकलाई हथौडाले प्रहार गरेर नवीनतम अनर स्मार्टफोन अनावरण गरेका थिए।
सिटी सेन्टरमा नयाँ खोलिएको शोरुमले ग्राहकहरूलाई अनरको स्मार्टफोन, एक्सेसरिज र स्मार्ट डिभाइसहरूको विस्तृत दायराको एक इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ।
प्रिमियम खुद्रा अनुभव प्रदान गर्न डिजाइन गरिएको शोरुमले उपभोक्ताहरूलाई अनरको अत्याधुनिक प्रविधि र नवीन सुविधाहरू प्रत्यक्ष रूपमा अन्वेषण गर्न अनुमति दिने कम्पनीले बताएको छ।
यो सुरुवातसँगै अनरले नेपालमा आफ्नो खुद्रा उपस्थिति विस्तार गर्न र नवीन र भरपर्दो प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्न जारी राखेको छ।

प्रकाशित: १६ माघ २०८२, शुक्रबार