व्यवहारिक एआई सीप विकासका लागि ‘एआई फर अल’ अभियानको शुभारम्भ

  • Technology Khabar | १५ माघ २०८२, बिहीबार
व्यवहारिक एआई सीप विकासका लागि ‘एआई फर अल’ अभियानको शुभारम्भ

काठमाडौं ।

नेपालको प्रतिष्ठित साइबर सुरक्षा कम्पनी वान कभर प्रालि र प्रसिद्ध एडु–टेक प्लेटफर्म दूरशिक्षा एजुकेशन नेटवर्कले संयुक्त रूपमा ’एआई फर अल’ जान्ने एआईदेखि प्रयोग गर्ने एआईसम्म नामक पहल सुरु गरेका छन्।

यो कार्यक्रम नेपालका विद्यार्थी, पेशेवर र संस्थाहरूलाई व्यावहारिक एआई साक्षरता प्रदान गरी सशक्त बनाउने उद्देश्यले ल्याइएको हो।

सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने लक्ष्यः

कम्पनीका अनुसार एआईका बारेमा सचेत हुनु र यसलाई वास्तविक जीवनमा प्रयोग गर्न जान्नु फरक कुरा हुन् भन्ने तथ्यलाई मध्यनजर गर्दै यो कार्यक्रमले प्रयोगात्मक सिकाइ, वास्तविक प्रयोगका उदाहरण (युज केसेस), र जिम्मेवारपूर्ण एआई अवलम्बनमा जोड दिएको छ। यसले सहभागीहरूलाई शैक्षिक क्षेत्र, इन्टर्नशिप र व्यावसायिक वातावरणमा आत्मविश्वासका साथ एआई उपकरणहरू प्रयोग गर्न सिकाउँछ।

‘जम्पस्टार्ट एआई’ १५ घण्टे विशेष प्याकेजः

यस अभियानको मुख्य आकर्षण जम्पस्टार्ट एआई कार्यक्रम हो। यो १५ घण्टाको संरचित पाठ्यक्रम हो, जसलाई दुई प्रमुख मोड्युलमा विभाजन गरिएको छः

मोड्युल १ (७.५ घण्टा): एआई र प्रम्प्ट फाउन्डेसन।
मोड्युल २ (७.५ घण्टा): एआई सञ्चारका लागि अङ्ग्रेजी।

वान कभर प्रालिका सिइओ चिरञ्जीवी अधिकारीले यो पहलले नेपालको बढ्दो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्षमता अभिवृद्धि र डिजिटल रूपान्तरणका लागि सहयोग पुर्याउने बताए।

त्यस्तै, दूरशिक्षा एजुकेशन नेटवर्कका सिइओ कृष्ण पाण्डेले साइबर सुरक्षा कम्पनीसँगको यो सहकार्यले विद्यार्थीहरूलाई सुरक्षित र वास्तविक साङ्गठनिक वातावरणमा एआई कसरी प्रयोग हुन्छ भन्ने कुराको प्रत्यक्ष अनुभव गराउने कुरामा जोड दिए।

कार्यक्रमका मुख्य विशेषताहरूः

मिश्रित सिकाइ विधिः ५० प्रतिशत प्रशिक्षकद्वारा नेतृत्व गरिएको सत्र, ३० प्रतिशत व्यवहारिक अभ्यास र २० प्रतिशत स्व–अध्ययन।

प्रमाणीकरणः सफलतापूर्वक पाठ्यक्रम पूरा गरेपछि एचसीएलटेक बाट प्रमाणपत्र प्राप्त हुने।

विज्ञद्वारा तयारः एचसीएलटेक का विषय विज्ञहरू र उद्योगका पेशेवरहरूद्वारा डिजाइन गरिएको।

समावेशीः प्राविधिक वा अप्राविधिक जुनसुकै संकायका विद्यार्थी र पेशेवरहरू सहभागी हुन सक्ने।

कसरी सहभागी हुने?
यो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरूले आधिकारिक लिङ्क onecovernepal.com/aiforall मार्फत दर्ता गर्न सक्नेछन्।

प्रकाशित: १५ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार