यातायात कार्यालयमा अख्तियारको छापा, केही ट्राफिक प्रहरी र बिचौलियाको मोबाइल जफत

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
यातायात कार्यालयमा अख्तियारको छापा, केही ट्राफिक प्रहरी र बिचौलियाको मोबाइल जफत
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाबहिलस्थित यातायात व्यवस्था कार्यालयमा मङ्गलबार छापा मारेको छ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई तीन महिना नपुग्दै अर्को परीक्षामा संलग्न गराएको उजुरी परेपछि आयोगले छापा मारेको हो।

सो क्रममा आयोगका कर्मचारीले यातायात कार्यालयका कर्मचारी लाइसेन्सको परीक्षा तथा ट्रायल प्रक्रियामा संलग्न ट्राफिक प्रहरी तथा केही बिचौलियासमेत गरेर २७ जनाको मोबाइल फोन जफत गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मोबाइलसहित यातायात कार्यालयबाट केही कागजपत्र पनि आयोगले ल्याएको छ । लिखित परीक्षामा एक पटक अनुत्तीर्ण व्यक्तिले अर्को तीन महिनासम्म लिखित परीक्षामा बस्न नपाउने व्यवस्था छ।

आजको गोरखापत्रबाट

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार