
काठमाडौं ।
एनसेलले प्रतिष्ठित आइएसओ २७००१:२०२२ (आइएसएमएस) र २७७०१:२०१९ (पीआइएमएस)को आफ्नो मान्यतालाई नविकरण गराएको छ। यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डाटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ।
गत वर्ष, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको थियो। यो मान्यता र यसको नविकरणले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुष्टि गरेको छ।
नविकरण प्रक्रियाअनुसार, आइएसओद्वारा तोकिएकोे निकायमार्फत अडिटर नियुक्त गरी एनसेलमा सर्भेलेन्स अडिट गरिएको थियो । आइएसओ मापदण्डअनुसार मूल्याङ्कन गर्दै अडिटरले एनसेलका सूचना सुरक्षा तथा डेटा गोपनीयता सम्बन्धी सुशासन प्रक्रिया आइएसओद्वारा निर्धारित मापदण्ड अनुरूप रहेको पुष्टि गरेको हो । यी मान्यताहरु आगामी एक वर्षसम्म मान्य रहनेछन् ।
नविकरण भएका यी मान्यताहरुको स्कोपमा ग्राहक डाटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा रहेका छन् । यसले एनसेलले गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा उच्चतम मापदण्डहरू पुरा गरेको प्रष्ट पार्दछ ।
यी अन्तर्राष्ट्रिय मान्यताहरूले ग्राहकहरूका लागि सुरक्षा थप मजबुत बनाउँदै उनीहरुलाई आफ्नो व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेलमा सुरक्षित रहेको प्रत्याभुति प्रदान गर्दछ । साथै उनीहरूका जानकारीहरु अत्यन्तै सावधानी र उत्तरदायित्वका साथ कम्पनीले व्यवस्थापन गर्दै आएको प्रमाणित गर्दछ ।
ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।
आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरुको डाटा व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पुरा गर्दै एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चित गर्दछ। यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ ।
एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएका छन् र कम्पनीले सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिँदै आएको जनाएको छ।
प्रकाशित: १४ माघ २०८२, बुधबार