आईफोन ५एस र आईफोन ६ ले नयाँ आईओएस अपडेट प्राप्त गर्दै

  • Technology Khabar | १४ माघ २०८२, बुधबार
आईफोन ५एस र आईफोन ६ ले नयाँ आईओएस अपडेट प्राप्त गर्दै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले हालै आफ्ना नवीनतम डिभाइसहरूको लागि आईओएस २६.२.१ र आईप्याडओएस २६.२.१ अपडेटहरू रोल आउट गरेको छ। यद्यपि, कम्पनीले १३ वर्ष पुरानो आईफोन ५एस र १२ वर्ष पुरानो आईफोन ६ सहित धेरै पुराना मोडेलहरूमा पनि आश्चर्यजनक अपडेट ल्याएको छ।

एप्पलले आईओएस १२.५.८ र आईप्याडओएस १२.५.८ धेरै पुराना डिभाइसहरूको लागि रोल आउट गरेको छ। आईफोन ५एस, आईफोन ६, आईफोन ६ प्लस, आईप्याड एयर, आईप्याड मिनी २÷मिनी ३, वा आईपड टच (६ जेन) भएका प्रयोगकर्ताहरूलाई नयाँ अपडेट स्थापना गर्न सिफारिस गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अपडेटले कुनै पनि नयाँ सुविधाहरू प्रस्तुत नगरेको भए तापनि आईमेसेज, फेसटाइम र डिभाइस एक्टिभेसन चलाउन आवश्यक प्रमाणपत्रहरू विस्तार गर्दछ। त्यसकारण, यदि जनवरी २०२७ पछि माथिका डिभाइसहरू प्रयोग गर्न चाहेको खण्डमा भने अपडेट इन्स्टल गर्नु पर्नेछ।

एप्पलले आठ वर्ष अघि आईओएस १२ अपडेट जारी गरेको थियो र कम्पनीले अझै पनि पुराना डिभाइसहरूको लागि समर्थन प्रदान गर्नु खुशी कुरा भएको उल्लेख गरिएको छ। एप्पलले २०२३ मा आईफोन ५एस र आईफोन ६ को लागि सुरक्षा अपडेट जारी गरेको थियो।

प्रकाशित: १४ माघ २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार