
काठमाडौं ।
यो वर्षको उत्तरार्धमा एप्पलको पहिलो फोल्डेबल स्मार्टफोनको रूपमा आईफोन फोल्ड लन्च हुने अपेक्षा गरिएको छ। कम्तिमा अहिलेसम्म लीकहरूबाट प्राप्त भएको सबैभन्दा उल्लेखनीय कुरा भनेको यो डिभाइसको फर्म फ्याक्टर रहेको बताइएको र यो डिभाइस फोल्ड गर्दा धेरै फराकिलो हुनुका साथै सिधै ल्यान्डस्केप मोडमा खुला हुनेछ।
आईफोन फोल्डलाई अनफोल्ड गर्दा (खुला गर्दा) डिभाइसको आसपेक्ट रेसियो अन्य समान डिभाइसहरूले प्रदान गर्न सक्ने भन्दा बढी आयताकार र कम वर्गको हुनेछ। तस्बिरमा आईफोन फोल्डको मकअप (नक्कल) को छेउमा देखिएको सामसङको ग्यालेक्सी जेड ट्राइफोल्ड मूल रूपमा १०–इन्च ट्याब्लेटमा खुला हुन्छ र यो डिभाइस दुई पटक फोल्ड हुन्छ।
ग्यालेक्सी जेड फोल्ड७ को तुलनामा आईफोन फोल्ड अनफोल्ड गर्दा (खुला हुँदा) स्पष्ट रूपमा सानो हुनुका साथै स्पष्ट रूपमा आयताकार र कम वर्ग आकारको पनि हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी ह्वावेको एक्स्ट्रा–वाइड आस्पेक्ट रेसियोको साथ फ्लिप–शैली फोल्डेबल पुरा एक्सको छेउमा आईफोन फोल्डलाई तुलना गरिएको छ। आईफोन फोल्ड अवश्य पनि ठूलो र फराकिलो देखिनुका साथै अर्को तरिकाले फोल्ड पनि हुन्छ र त्यहाँ एकदमै थोरै समानता रहेको उल्लेख गरिएको छ।
यी सबै तस्बिरहरूले आईफोन फोल्डको फारम फ्याक्टर कति अद्वितीय हुनेछ भनेर प्रमाणित गर्दछ। यदि आईफोन फोल्ड धेरै सफल भएको खण्डमा भने सामसङ र ओप्पो दुवैले पहिले नै प्रतिलिपि मेसिनहरूका साथ आफ्नै फराकिलो बुक–शैली फोल्डेबलहरू तयार गरेको हल्ला गरिएको छ। तसर्थ एप्पलको आईफोन फोल्डको विशिष्टता धेरै लामो समयसम्म टिक्ने सम्भावना नभएको उल्लेख गरिएको छ।
प्रकाशित: १४ माघ २०८२, बुधबार