
काठमाडौं ।
रियलमी नियो८ भर्खरै चीनमा आधिकारिक रुपमा अनावरण गरिएको छ। यो नियो सिरिजको पछिल्लो फोनमा ठूलो ८,०००एमएएच ब्याट्री र स्न्यापड्रागन ८ जेन ५ चिपसेट समावेश गरिएको छ। साथै फोन तीन रङ्गहरूमा खरिदको लागि उपलब्ध भएको उल्लेख गरिएको छ।
फोनमा फुल–एचडी+ रिजोल्युसन र १६५ हर्जसम्मको रिफ्रेस रेट भएको ६.७८ इन्चको एएमओएलईडी डिस्प्ले छ। नियो८ ले सामसङ एम१४ प्यानल प्रयोग गरेको छ भने प्यानलले ६,५०० निट्सको पिक ब्राइटनेस (अधिकतम चमक) प्रदान गर्ने दाबी गरिएको छ।
फोनको पछाडि ‘अवेकनिङ हलो’ आरजीबी लाइट स्ट्रिपको साथ पारदर्शी डिजाइन रहेको छ र यो नोटिफिकेसनहरू र थप कुराहरूसँग मेल खान्छ। पछाडिको प्यानल ग्लासबाट बनेको छ र पारदर्शी डिजाइन प्राप्त गर्दछ। नियो८ ले मेटल फ्रेमको साथ आईपी६९ रेटिङ प्राप्त गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
फोनको ट्रिपल रियर क्यामरा सेटअपमा ओआईएस सहितको ५० मेगापिक्सेलको सोनी आईएमएक्स८९६ प्राथमिक सेन्सर, ३.५× अप्टिकल जुम सहितको ५० मेगापिक्सेलको जेएन५ पेरिस्कोप टेलिफोटो युनिट र ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा समावेश छन्। सेल्फीका लागि, नियो८ ले १६ मेगापिक्सेलको क्यामरा प्रदान गर्दछ।
फोन भित्र रहेको ८,०००एमएएच ब्याट्रीले बाइपास चार्जिङसँगै ८०वाट सम्मको सुपरभीओओसी चार्जिङलाई समर्थन गर्दछ।
स्न्यापड्रागन ८ जेन ५ एसओसी लाई यूएफएस ४.१ स्टोरेज र एलपीडीडीआर५एक्स र्यामसँग जोडिएको छ। फोनमा ठूलो भेपर च्याम्बर पनि रहेको छ। फोनले एन्ड्रोइड १६–आधारित रियलमी यूआई ७.० चलाउँछ र धेरै एआई सुविधाहरूको साथ आउँछ। फोनले तीन वर्षको एन्ड्रोइड आईएस अपडेटहरू र चार वर्षको सुरक्षा प्याचहरू प्राप्त गर्ने भनिएको छ।
रियलमी नियो८ का अन्य विशेषताहरूमा अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, इन्फ्रारेड ब्लास्टर, एनएफसी, वाई–फाई ७, ब्लुटुथ ६.०, जीपीएस र स्टेरियो स्पिकरहरू समावेश छन्। फोनको मोटाई ८.३ एमएम र तौल २१५ ग्राम रहेको छ।
यो फोन हाल चीनमा साइबर पर्पल, मेका ग्रे र ओरिजिन ह्वाइट रङ विकल्पहरूमा बिक्रीको लागि उपलब्ध छ।
रियलमी नियो८ को १२जीबी/२५६जीबी विकल्पको लागि २,५९९ चिनियाँ युआन (३७० अमेरिकी डलर) बाट मूल्य सुरु हुन्छ भने १२जीबी/५१२जीबी भेरियन्टको मूल्य ३,०९९ चिनियाँ युआन (४४५ अमेरिकी डलर) कायम गरिएको छ।
यो फोन १६जीबी/२५६जीबी विकल्पमा २,८९९ चिनियाँ युआन (४१५ अमेरिकी डलर) मा वा १६जीबी/५१२जीबी मोडेलमा ३,३९९ चिनियाँ युआन (४९० अमेरिकी डलर) मा पनि उपलब्भ हुनेछ। साथै, १६जीबी/१टीबी भेरियन्टको मूल्य ३,८९९ चिनियाँ युआन (५६० अमेरिकी डलर) कायम गरिएको छ।
प्रकाशित: १२ माघ २०८२, सोमबार