
काठमाडौं ।
गुगलले एन्ड्रोइडमा भ्वाइस सर्चको महत्त्वपूर्ण पुनः डिजाइन र आधुनिकीकरण प्रस्तुत गर्दैछ।
होम स्क्रिन विजेट (पिक्सेल लन्चर सहित) वा एप भित्रको कुनै पनि गुगल सर्च बारबाट भ्वाइस सर्च पहुँच गर्न सकिने छ।
प्रयोगकर्ताको क्वेरी (जिज्ञासा) गुगल सर्चद्वारा सट्याण्डर्ड रिजल्ट पेजको साथ समाहालिनेछ भने उत्तर ठूलो स्वरमा बोलिने उल्लेख गरिएको छ। फोर–डट वेभफर्म भएको इन्टरफेस धेरै वर्ष पुरानो हो भनि टेलिग्राफले रिपोर्ट गरेको छ।
यो पुनः डिजाइन ब्याक बटनले घेरिएको ग्रेडियन्ट सेन्टर ‘जी’ र थ्री–डट मेनुबाट सुरु हुने र भ्वाइस सेटिङहरूमा लैजाने छ।
प्रयोगकर्ताले भाषाहरू सेट गर्न, स्पोकन परिणामहरू सक्षम/असक्षम गर्न र कोस्मो, नेसो, टेरा, वा क्यासिनी जस्ता भ्वाइस छनौट गर्न सक्नेछन्। साथै डार्क थिम (विषयवस्तु) पनि अपडेट गरिएको छ।
गुगलले पहिले जस्तै उही फेसियल इलस्ट्रेसनको साथ सुन्नेछ भनि स्पष्टीकरणमा उल्लेख गरिएको छ। प्रयोगकर्ताले तल एआई मोड र लाइभ सर्चबाट सिधै फोर–कलर आर्क पाउनेछन् भने त्यसको माथि प्रयोगकर्ताको प्रश्न ट्रान्सक्राइब गरिएको हुनेछ।
त्यहाँ उपलब्ध एउटा ठूलो “सर्च फर सङ्ग” बटनले प्रयोगकर्तालाई गीत सङ्ग सर्च युजर इन्टरफेसमा लैजानेछ र प्रयोगकर्तालाई “प्ले, सिङ्ग, मुड” मा आमन्त्रित गर्नेछ।
साथै सर्च फर सङ्गले अघिल्लो ग्लोब एनिमेसनलाई प्रतिस्थापन गर्दछ। माथिल्लो दायाँ कुनामा प्रयोगकर्ताले आफ्नो सङ्ग सर्च हिस्ट्रिको सर्टकट पाउने छन्।
यो एन्ड्रोइडमा गुगल एपको संस्करण १७.१ (स्टेबल) र १७.२ (बीटा) सँग रोल आउट हुन थालेको देखा पर्न सुरु गरेको छ। यद्यपि यो अझै व्यापक रूपमा भने उपलब्ध भएको छैन। गुगलले पछि टेक्स्ट सर्च इन्टरफेस सुधार गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १२ माघ २०८२, सोमबार