सामसङको ग्यालेक्सी एस२६ सिरिजले गुगलको स्क्याम डिटेक्शनलाई समर्थन गर्ने सम्भावना

  • Technology Khabar | १२ माघ २०८२, सोमबार
सामसङको ग्यालेक्सी एस२६ सिरिजले गुगलको स्क्याम डिटेक्शनलाई समर्थन गर्ने सम्भावना
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले अर्को महिना अनावरण हुने ग्यालेक्सी एस२६ सिरिजमा गुगलको स्क्याम डिटेक्शन थप्ने फोन बाइ गुगल एप भित्रको कोडमा आधारित नयाँ रिपोर्टले दावी गरेको छ।

अन–डिभाइस जेमिनी नानो एआईद्वारा संचालित स्क्याम डिटेक्शन अहिलेसम्म पिक्सेल ९ र पिक्सेल १० परिवारहरूमा मात्र विशेष रुपमा अष्ट्रेलिया, क्यानडा, भारत, आयरल्याण्ड, बेलायत र अमेरिकामा मात्र उपलब्ध छ। अर्को संस्करणले जेमिनी मोडेल प्रयोग नगर्ने तर त्यसको सट्टा अन–डिभाइस मेसिन लर्निङमा निर्भर हुनेछ भने यो पिक्सेल ६, पिक्सेल ७ र पिक्सेल ८ सिरिजमा पनि काम गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

फोन बाइ गुगल एप भित्रको कोडमा डायलरमा ग्यालेक्सी एस२६ सिरिजका लागि (एसएम–एस९४२ एस२६ हो, एसएम–एस९४७ एस२६+ हो, र एसएम–एस९४८ एस२६ अल्ट्रा हो) मोडेल नम्बरहरूको उल्लेख गरिएको छ। स्क्याम डिटेक्शन सुविधालाई “शार्पी” कोडनाम दिइएको छ र यो माथिको कोडको अन्तिम लाइनमा देखिने उल्लेख गरिएको छ।

यहाँ रोचक कुरा के छ भने सामसङ फोनहरूले गुगलको फोन एप प्रयोग नगर्ने र सुविधालाई प्ले स्टोरबाट स्थापना गर्न सकिने बताइएको छ। तर यो प्रणाली एप नभएको हुनाले आफ्नो उद्देश्यका लागि अन–डिभाइसमा एआई प्रयोग गर्न आवश्यक अनुमतिहरू प्राप्त गर्नेछ कि गर्दैन भन्ने कुरामा स्पष्टता नभएको उल्लेख गरिएको छ। साथै सामसङले ग्यालेक्सी एस२६ परिवारमा डेब्यू गर्ने वान यूआई ८.५ रिलीजको साथ गुगलको फोन एपमा स्विच गर्ने अर्को सम्भावना पनि रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १२ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...