सानिमा बैंकका ग्राहकहरुले बिगमार्टमा आकर्षक क्यासब्याक पाउने

  • Technology Khabar | ९ माघ २०८२, शुक्रबार
सानिमा बैंकका ग्राहकहरुले बिगमार्टमा आकर्षक क्यासब्याक पाउने

काठमाडौं ।

सानिमा बैंकले बिग मार्ट क्यासब्याक योजनाको पहिलो चरणको  सफलतापछि ग्राहकहरुका लागि समय थप गरी योजना पुनः सञ्चालन गरेको छ।

उक्त योजना अन्तर्गत सानिमा बैंकका ग्राहकहरुले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु २०० सम्मको क्यासब्याक पाउने व्यवस्था गरेको छ। यो योजना २०८३ साल असारसम्मका लागि लागू हुने बैंकले जनाएको छ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। छुटको विस्तृत विवरण बैंकको वेबसाइट  https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२८ वटा ए.टि.एम.हरु सञ्चालनमा रहेका छन्।

प्रकाशित: ९ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...