
काठमाडौं ।
फोटोन टुनल्यान्ड जी७ ले युरोपमा हासिल गर्यो ४०० युनिट बिक्रीको ऐतिहासिक माइलस्टोन प्राप्त गरेको छ। फोटोन टुनल्यान्ड जी७ विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा निरन्तर स्थापित हुँदै आएको छ र यसको युरोपेली उपलब्धि आज पनि उत्तिकै महत्वपूर्ण मानिने कम्पनीको बुझाइ छ।
‘नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड जी७ ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको थियो। सबैभन्दा उल्लेखनीय उपलब्धिमध्ये इटालीमा ४०० युनिटको अर्डर प्राप्त गर्नु यसको एक महत्वपूर्ण माइलस्टोन हो।
कडा अटोमोटिभ नियम, ग्राहकहरूको उच्च अपेक्षा र कडा गुणस्तर मापदण्डका लागि परिचित इटालीको बजारमा यस्तो सफलता प्राप्त गर्नु आफैंमा ठूलो उपलब्धि हो’, कम्पनीले भनेको छ।
यूरोपेली ग्राहकहरू टिकाउपन, मापदण्ड अनुसारको गुणस्तर र दीर्घकालीन प्रदर्शनलाई उच्च प्राथमिकता दिने भएकाले टुनल्यान्ड जी७ ले ती अपेक्षाहरू आत्मविश्वासका साथ पूरा गरेको छ। इटालीमा प्राप्त सफलताले यस पिकअपले आफ्नो होम मार्केटभन्दा बाहिर पनि वास्तविक ड्राइभिङ अवस्था र कडा मापदण्डभित्र परीक्षण भई विश्वास जितिसकेको तथ्यलाई पुष्टि गर्दछ।
टुनल्यान्ड जी७ अहिले नेपालमा उपलब्ध छ र यसमा कुनै सम्झौता वा ठाउँ अनुसार गुणस्तरमा कमी गरिएको छैन। नेपाली ग्राहकहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त उही विश्वस्तरीय गुणस्तर, सुरक्षा मापदण्ड र प्रदर्शनयुक्त त्यही मोडल पाउँछन्।
विश्वस्तरीय सफलता र स्थानीय उपलब्धताको यो गठजोडले ग्राहक र सरोकारवालाको बीचमा विश्वास अझ मजबुत बनाउने कम्पनीले दावी गरेको छ।
प्रकाशित: ९ माघ २०८२, शुक्रबार