
काठमाडौं ।
माज्दाले २०२९ अघि आफ्नो नयाँ समर्पित इलेक्ट्रिक गाडी प्रस्तुत गर्ने सम्भावन नभएको जापानका मिडिया रिपोर्टहरूले पुष्टि गरेका छन्।
निक्की र निक्कन जिदोशाका अनुसार, विद्युतीय सवारी साधनको माग अपेक्षाभन्दा कम भएको कारणले कम्पनीले हाइब्रिड मोडेलहरूमा बढी ध्यान केन्द्रित गरेकोले उत्पादन कम्तिमा दुई वर्ष पछाडि धकेलिएको टेलीग्राफले रिपोर्ट गरेको छ।
यद्यपि माज्दाले यो विषयमा कुनै आधिकारिक घोषणा नगरेको र कम्पनीका प्रवक्ताले लन्चको समय नियमहरू र उपभोक्ता आवश्यकताहरूमा निर्भर हुनेछ भनेर उल्लेख गर्दै योजनाहरू अझै समीक्षा अन्तर्गत नै रहेको स्वीकार गरेका छन्।
साथै २०२७ मा पनि ईभी नआउन सक्ने सम्भावना रहेको थप उल्लेख गरिएको छ।
विद्युतीय मोडेल सीएक्स–७० वा सीएक्स–९० बडीको रूपमा क्यालिफोर्नियामा परीक्षण गरिएको देखा परेको र २०२१ मा प्रस्तुत गरिएको स्काईएक्टिभ ईभी स्केलेबल आर्किटेक्चर प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ९ माघ २०८२, शुक्रबार