हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

काठमाडौं ।

चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ।

चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिक रूपमा भूठानको अङ्गे्रजी नाम ‘द वल्र्डस् ह्यापियष्ट म्यान’ नामबाट हालका लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको छ ।

चलचित्र बिस्तारै संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरी काम भइरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले जानकारी दिए।
गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्ममा भुटानबाट अमेरिका पुगेका भूटानी शरणार्थीको कथा समेटिएको छ। वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भूटान फर्किन गरेको प्रयास र पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस, पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संस्कृति नमिल्दा त्यसले पार्ने प्रभाव देख्न सकिन्छ।
चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् भने दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीले पनि अभिनय गरेका छन्। विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन् । रासस

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ८ माघ २०८२, बिहीबार