स्पोटिफाईको पेज म्याचले प्रयोगकर्तालाई अडियोबुक्स र फिजिकल बुक्स बीचको प्रगति सिङ्क गर्न दिने

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
स्पोटिफाईको पेज म्याचले प्रयोगकर्तालाई अडियोबुक्स र फिजिकल बुक्स बीचको प्रगति सिङ्क गर्न दिने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एउटा नयाँ रिपोर्टले स्पोटिफाईको अडियोबुकहरूमा चाँडै नयाँ सुविधा आउने पत्ता लगाएको छ। केही दिनअघि स्पोटिफाई अर्को मूल्य वृद्धि बारे समाचार बाहिरिएको थियो।

पेज म्याच भनिने यो सुविधाले प्रयोगकर्तालाई फिजिकल बुक (भौतिक पुस्तक) मा पेज (पृष्ठ) को फोटो लिन दिने र एकचोटि प्रयोगकर्ताले त्यसो गरेपछि स्पोटिफाईले प्रयोगकर्तालाई अडियोबुकमा ठ्याक्कै उही स्थानमा पुर्याउने छ। प्रयोगकर्ता इच्छुक भएको खण्डमा यो सुविधाले प्रयोगकर्तालाई सजिलै अडियो भर्सन (संस्करण) बाट फिजिकल टेक्स्ट (भौतिक पाठ) मा जान दिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो सुविधा बाईडाइरेक्टसनल (द्विदिशात्मक) भएको हुनाले प्रयोगकर्तालाई अडियोबुकमा आफू भएको ठाउँ फिजिकल बुक (भौतिक पुस्तक) को कुन पृष्ठसँग मेल खान्छ भनेर पनि थाहा दिनेछ। यद्यपि स्पोटिफाई को पछिल्लो एपको कोडमा पत्ता लागेको पेज म्याच सुविधा अझै कार्यात्मक नभएको उल्लेख गरिएको छ। तैपनि, कम्पनीले यो सुविधामा काम गरिरहेको छ भन्ने तथ्यमा माथिको स्क्रिनसटले प्रमाणित गरेको र यो सुविधा चाँडै आउँन उल्लेख गरिएको छ।

पेज म्याचले केवल स्पोटिफाईमा अडियोबुकको स्वामित्व वा अनलक गरेमा मात्र काम गर्नेछ। साथै यो केवल स्पोटिफाईले अडियोबुकहरू प्रदान गर्ने बजारहरूमा उपलब्ध हुनेछ। अमेजनसँग पनि उपलब्ध रहेको यस्तै प्रकारको सुविधाले भने फिजिकल बुक्स (भौतिक पुस्तकहरू) नभइ केवल अडियोबुकहरू र ईबुक्स बीच काम गर्दछ।

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...