बेलायतको फाइबर बजार एकीकृत र मजबुत बनाउनु अपरिहार्य: रिपोर्ट

  • Technology Khabar | ८ माघ २०८२, बिहीबार
बेलायतको फाइबर बजार एकीकृत र मजबुत बनाउनु अपरिहार्य: रिपोर्ट
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर

काठमाडौं ।

विश्लेषकहरूका अनुसार सन् २०२६ मा बेलायतको फाइबर बजारमा थप एकीकृत र मजबुत बनाउनु अपरिहार्य हुने देखिन्छ। पछिल्ला केही वर्षमा बेलायतको फाइबर बजारले तीव्र रूपान्तरण भोगेको छ।

अहिले बेलायतका पाँचमध्ये चार घरधुरीसम्म पूर्ण फाइबर पहुँच पुगेको छ जसका कारण फाइबर–टु–द–प्रिमाइस (पूर्ण फाइबरका नामले चिनिने एफटीटीपी) देशव्यापी रूपमा सबैभन्दा सामान्य ब्रोडब्यान्ड जडान प्रकार बनेको छ।

यस विस्तारलाई ठूलो मात्रामा वैकल्पिक नेटवर्क प्रदायकहरूले अघि बढाएका छन्, जसले हाल बेलायतको एफटीटीपी तैनाथीमध्ये करिब पाँचमध्ये तीन हिस्सा ओगटेका छन्। यी अल्टनेटहरूले निजी क्षेत्र (प्राइभेट इक्विटी फर्म र उच्चस्तरीय बैंकहरू सहित) तथा सरकारी आर्थिक सहायताबाट अर्बौँ लगानीको समर्थन पनि पाएका छन्।

तर सबैभन्दा ठूलो अड्चन भनेको आर्थिक व्यवहार्यता र लगानी प्रतिफल नै हो। उदाहरणका लागि बेलायती दूरसञ्चारको ओपनरिच र भर्जिन मिडिया ओ२ पछि बजारमा तेस्रो ठूलो पहुँच भएको सिटीफाइबरका आर्थिक नतिजाहरूले यस अत्यन्त प्रतिस्पर्धी वातावरणका चुनौतीहरू कति गहिरा छन् भन्ने देखाएको बताइन्छ।

त्यसमा केही पूर्वाधार प्रदायकले नाफा देखाउन थालेका भए पनि तिनको मार्जिन कमजोर नै रहेको र घाटा अझै थुप्रिँदै गएको उल्लेख गरिन्छ। थोरै मात्र खेलाडीहरू एबिटा–पोजिटिभ अवस्थामा छन्, र धेरै मर्जर भइसके पनि बजार अझै पनि विखण्डित नै देखिन्छ।

उद्योग विशेषज्ञहरूको दृष्टिकोण

उद्योग विज्ञहरूसँग कुरा गर्दा यी चुनौतीहरू व्यापक रूपमा दोहोरिन्छन्। ओम्डियाका अनुसन्धान निर्देशक डारियो टाल्मेसियोले भने, “बेलायतका फाइबर अल्टनेटहरूले ठूलो चुनौती सामना गरिरहेका छन्। ग्राहक ग्रहण दर उनीहरूले लगानी योजना बनाउँदा अपेक्षा गरेकोभन्दा धेरै ढिलो छ र उनीहरूले आशा गरेको ३५–४० प्रतिशतभन्दा निकै तल छ।”

उनका अनुसार, “अल्टनेटहरूले ग्राहकहरूको सेवा प्रदायक परिवर्तन गर्ने इच्छाशक्ति र सहजतालाई गम्भीर रूपमा कम आँकेका छन्। साथै बहालवाला कम्पनीहरूको शक्ति र उनीहरूले पूर्वाधार, उत्पादन तथा मार्केटिङमार्फत कडा प्रतिस्पर्धा गर्न सक्ने क्षमतालाई पनि कम मूल्याङ्कन गरिएको देखिन्छ।”

वर्षौंदेखि अल्टनेट अर्थात् वैकल्पिक नेटवर्कञञहरूले बेलायतको बजार गतिशीलतामा उल्लेखनीय प्रभाव पारेका छन्। यसले ठूला खेलाडीहरूलाई आफ्नै फाइबर विस्तार तीव्र बनाउन र मूल्य तथा ग्राहक सेवा दुवैमा अझ प्रतिस्पर्धी बन्न बाध्य बनाएको छ।

तर माथि उल्लेख गरिएका चुनौतीहरूका कारण विश्लेषकहरूले सन् २०२६ मा समेकन अपरिहार्य हुने बताइरहेका छन्, जहाँ सबैभन्दा कुशल अपरेटरहरू मात्र टिक्नेछन्।

यसका उदाहरण यसै नयाँ वर्षमा देखिएका छन्—जस्तै जी नेटवर्कको बिक्री, जसका नयाँ मालिकहरूले व्यवसाय सम्हालेको एक सातामै कम्पनीलाई प्रशासन मा पठाएका थिए, जसले चुनौतीको गहिराइलाई फेरि एकपटक उजागर गरेको टेलिकम्स डटकमले उल्लेख गरेको छ।

यसैबीच फ्रीडम फाइबर र ट्रूस्पीडबीच मर्जरको हल्ला पनि चलिरहेको छ। आर्थिक अवस्था यति जटिल बनेको छ कि यीमध्ये धेरै अल्टनेटहरूले यसअघि नै मर्जर अनुभव गरिसकेका छन्। फ्रीडम फाइबरले पहिले भीएक्स यूकेसँग र ट्रूस्पीडले काउन्टी ब्रोडब्याण्डसँग मर्ज गरेको थियो। यसले अर्थपूर्ण आर्थिक वृद्धि हासिल गर्न अझ बढी एकीकरण र मजबुती आवश्यक रहेको संकेत गर्छ।

तर मर्जरमार्फत अघि बढ्ने बाटो साना अल्टनेटहरूमा मात्र सीमित छैन। कभरेजको हिसाबले ओपनरिचपछि दोस्रो स्थानमा रहेको मानिने पूर्ण फाइबर प्रदायक सिटीफाइबरले नै बजार एकीकरण र मजबुतीको प्रवृत्तिलाई प्रज्वलित गरेको ठानिन्छ।

कहिले काँही भोडाफोन मिडिया ओ२ द्वारा सम्भावित अधिग्रहणको लक्ष्यका रूपमा चर्चा भएको सिटीफाइबरले अहिले भने ठूलो स्तरको एकीकरण र मजबुती गर्ने महत्वाकांक्षा प्रकट गरेको छ। यसको अधिग्रहण सूचीमा मार्च २०२४ मा लिट फाइबरसँगको सम्झौता र मार्च २०२५ मा कनेक्सिनको पूर्वाधार खरिद समावेश छन्।

गत वर्ष जुलाईमा कम्पनीले “अल्टनेट क्षेत्रलाई थप समेकन गर्न” भन्दै अतिरिक्त पूँजी जुटाएको थियो, जसले यसको अधिग्रहण अभियान अझ विस्तार हुने संकेत दिएको छ—यद्यपि यो सबै अफकम र प्रतिस्पर्धा नियमन गर्ने कम्पिटिशन एण्ड मार्केट्स अथोरिटी (सीएमए) ले अनुमति दिएमा मात्र सम्भव हुनेछ।

गत वर्ष फुलफाइबर र जूमबीच भएको मर्जर भने घोषणा भएको केही हप्तामै सम्पन्न भएको कारण बेलायतको फाइबर बजारमा मर्जर तथा अधिग्रहणप्रति नियामक निकायहरूको सकारात्मक रुचिको बलियो संकेतका रूपमा कतिपयले व्याख्या गरेका छन्।

प्रकाशित: ८ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...