
काठमाडौं ।
होन्डा जिरो सिरिज सेडान यो वर्ष लन्च नहुने र लन्चलाई २०२७ सम्मको लागि स्थगित गरिएको जापानी कम्पनीले पुष्टि गरेको छ।
होन्डाले सुरुमा यो वर्ष नयाँ सिरिज जिरो प्लेटफर्ममा अकुरा आरएसएक्स, होन्डा जिरो सिरिज एसयूभी र होन्डा जिरो सिरिज सलुन गरी तीन मोडेलहरू प्रस्तुत गर्ने घोषणा गरेको थियो।
उक्त तीन मोडेलहरू मध्ये दुईओटा बाटोमा रहेको तर अब एक वर्षको नियामक परिवर्तन, भन्सार र कर क्रेडिटहरू हटाइएपछि होन्डाले क्यालेन्डरलाई अलि पछाडि धकेलेको टेलीग्राफले रिपोर्ट गरेको छ।
सुरुमा आरएसएक्स “२०२६ को उत्तरार्धमा” रिलीज गरिने अमेरिकन होन्डाकी सञ्चार सहायक उपाध्यक्ष जेसिका फिनीले पत्रकारहरूलाई बताइन्।
त्यसपछि वर्षको पुछारमा होन्डा जिरो सिरिज एसयूभी आइपुग्नेछ भने सेडान “२०२७ सम्मको लागि स्थगित” गरिएको छ।
होन्डाले जापानमा मोबिलिटी फेयर (मेला) को क्रममा पत्रकारहरूसँग सेडानको लागि ढिलाइ हुने समाचार साझा गरेको भए तापनि व्यापक रूपमा समाचार प्रसारित नगरिएको उनले थप उल्लेख गरिन्।
जिरो सिरिजको लागि होन्डाको गृहपृष्ठले अझै पनि एसयूभी र सेडानको “उत्पादन मोडेलहरू” २०२६ मा रिलिज हुने देखाउने भएकाले कम्पनीले यो ढिलाइको बारेमा आधिकारिक रूपमा कुनै पनि जानकारी जारी नगरेको रिपोर्ट गरिएको छ।
प्रकाशित: ७ माघ २०८२, बुधबार