
काठमाडौं ।
एप्पलले नयाँ म्याकबुक प्रो मोडेल लन्च गर्ने भनिएको छ। उक्त नयाँ म्याकबुक प्रो वर्षको अन्त्य अघि आउन सक्ने उल्लेख गरिएको छ।
नयाँ म्याकबुक प्रोमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरू मध्ये एक भनेको नयाँ ओएलईडी डिस्प्ले प्रविधि हुनेछ।
सामसङ डिस्प्लेले नयाँ म्याकबुक प्रोको लागि एप्पलले प्रयोग गर्ने ओएलईडी प्यानलहरूको बृहत उत्पादन सुरु गरेको रिपोर्ट गरिएको छ।
प्यानलको उत्पादन २०२६ को दोस्रो त्रैमासिकमा सुरु हुने अपेक्षा गरिएको र एप्पलले पहिले नै परीक्षण पूरा गरिसकेको हुन सक्ने बताइएको छ।
ओएलईडी प्यानलको उत्कृष्ट ईमेज गुणस्तरभन्दा बाहेक रिफ्रेस्ड म्याकबुक प्रो टचस्क्रिन भएको एप्पलको पहिलो ल्यापटप हुनेछ। साथै नयाँ ल्यापटपहरूमा एप्पलको एम६ चिप हुनेछ।
यद्यपि, यो भन्दा पहिले एप्पलले आगामी हप्ताहरूमा एम५ प्रो र एम५ म्याक्स चिपहरू सहित म्याकबुक प्रो मोडेलहरू लन्च गर्ने सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ माघ २०८२, बुधबार