
काठमाडौं ।
सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम अर्को महिना हँुदैछ भने एस२६ अल्ट्राको लीकहरू पनि देखा परि रहेका छन्। पछिल्लो एउटा नयाँ लीक फ्ल्यागशिपको चार आधिकारिक रङहरू अनलाइन लीक भएको छ।
युनिभर्स आइसले एस२६ अल्ट्राको सिम कार्ड ट्रेहरूको तस्बिरहरू साझा गरेको छ। उक्त तस्बिरहरूले कालो, सेतो, नीलो र बैजनी गरी डिभाइसको चारओटा रङ विकल्पहरूको खुलासा गरेको छ। अफवाहहरूका अनुसार, डिभाइसको उक्त चारओटा रङ विकल्पहरूको आधिकारिक नामहरू ब्ल्याक श्याडो, ह्वाइट श्याडो, ग्लेसियल ब्लू र अल्ट्राभायोलेट हुनेछन्।
डिभाइसको पहिले अफवाह गरिएको सुन्तला रङ्ग लीक भएपनि पछि अस्वीकार गरिएको थियो। साथै सिम कार्ड ट्रेको तस्बिरहरू पछि चारओटै रङहरूमा एस२६ अल्ट्राको रेन्डरिङ देखा परेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ग्यालेक्सी एस२६ सिरिजमा एस२६, एस२६+ र एस२६ अल्ट्रा गरी तीनओटा डिभाइसहरू समावेश हुने अपेक्षा गरिएको छ। अफवाह गरिएको ग्यालेक्सी एस२६ प्रो भने एस६ एजसँगै खारेज गरिएको रिपोर्ट गरिएको छ। एस२६ ट्रायो फेब्रुअरी २५ मा सान फ्रान्सिस्कोमा आयोजित एक समर्पित अनप्याक्ड कार्यक्रममा घोषणा गरिने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ माघ २०८२, बुधबार