दूरसञ्चार सेवा प्रदायक कम्पनी थ्री स्विडेनले सुरु गर्यो फाइभजी स्ट्यान्डअलोन नेटवर्क

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
दूरसञ्चार सेवा प्रदायक कम्पनी थ्री स्विडेनले सुरु गर्यो फाइभजी स्ट्यान्डअलोन नेटवर्क
सांकेतिक तस्विर। फ्रिपिक डटकमबाट।

काठमाडौं ।

थ्री स्विडेनले एरिक्सनको क्लाउड–नेटिभ फाइभजी कोर र रेडियो एक्सेस नेटवर्क (आरएएन) प्रविधिमा आधारित फाइभजी स्ट्यान्डअलोन (एसए) नेटवर्क सुरुवात गरेको छ।

थ्री स्विडेनको नयाँ फाइभजी एसए नेटवर्कले विशेषगरी शहरी क्षेत्रमाउपभोक्ता तथा व्यावसायिक ग्राहकलाई फराकिलो कभरेज, सुधारिएको क्षमता, कम विलम्ब (लो लेटेन्सी), उच्च नेटवर्क गति र राम्रो कनेक्टिभिटी अनुभव उपलब्ध गराउने दाबी गरिएको छ।

यसले नेटवर्क स्लाइसिङमार्फत उद्यम (इन्टरप्राइज) ग्राहकलाई लक्षित सेवा विस्तार गर्न पनि मद्दत गर्नेछ। विज्ञप्तिमा भनिएको छ, “यस दृष्टिकोणले अनुकूलित सेवा गुणस्तर सक्षम बनाउँछ र व्यवसाय–महत्त्वपूर्ण सञ्चालनका लागि आवश्यक क्षमताहरू सुनिश्चित गर्छ।” अपरेटरका लागि फाइभजी एसए फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) ब्रोडब्यान्ड पनि प्रमुख प्राथमिकतामा रहनेछ।

यो नेटवर्क एरिक्सनको क्लाउड–नेटिभ फाइभजी कोर र आएएन समाधानबाट बनेको हो जसले “अत्याधुनिक नयाँ पुस्ताको मोबाइल कनेक्टिभिटी क्षमता” प्रदान गर्छ। दुवै कम्पनीले नेटवर्क तैनाथीअघि फाइभजी एसएको परीक्षण गरेका थिए र यो सेवा डिसेम्बरमा व्यावसायिक रूपमा सुरु गरिएको हो।

थ्री स्क्यान्डिनेभियाका सीआईटीओ राजिब एक्लुन्डले भने, “हाम्रो फाइभजी स्ट्यान्डअलोन नेटवर्कको सुरुवात ग्राहकलाई उन्नत सेवा प्रदान गर्ने दिशामा महत्वपूर्ण कदम हो, र स्विडेनमा सबैभन्दा पहिला यस्तो सेवा उपलब्ध गराउन सकेकोमा हामी गर्व गर्छौं।” उनले थपे, “एरिक्सनको फाइभजी प्रविधिले हामीलाई नेटवर्क दक्षता उल्लेखनीय रूपमा सुधार गर्न र स्विडिस व्यवसाय तथा नागरिकका विविध आवश्यकताअनुसार अनुकूलित कनेक्टिभिटी समाधान तयार गर्न सक्षम बनाएको छ।”

एरिक्सनका स्विडेन तथा बाल्टिक्स प्रमुख निक्लास ब्याक्लुन्डले भने, “थ्री स्विडेनको फाइभजी स्ट्यान्डअलोन रणनीति र दृष्टिकोणलाई यथार्थमा उतार्न साझेदारी गर्न पाउँदा हामी गर्व गर्छौं। एरिक्सनको एन्ड–टु–एन्ड प्रविधिबाट सञ्चालित यो तैनाथीले विभिन्न क्षेत्रमा उत्पादकत्व, दिगोपन र नवप्रवर्तनलाई अघि बढाउन थ्री स्विडेनलाई सहयोग गर्नेछ।”

टेलिकम्स डटकमका अनुसार गत नोभेम्बरमा प्रकाशित डेल’ओरोको प्रतिवेदनअनुसार जुलाई–सेप्टेम्बर त्रैमासिकमा चीनबाहिरका मोबाइल कोर नेटवर्क राजस्व वार्षिक रूपमा १४ प्रतिशतले वृद्धि भएको छ जसको प्रमुख कारण धेरै अपरेटरहरूले ग्राहकलाई फाइभजी स्ट्यान्डअलोनतर्फ सार्नु र फाइभजी–एडभान्स्डको प्रयोग बढ्नु हो।

उक्त प्रतिवेदनले अपरेटरहरू नेटवर्क स्लाइसिङमार्फत फाइभजी एसए सम्बन्धित आम्दानी (मोनिटाइजेसन) अवसरहरूमा केन्द्रित हुँदै अघि बढिरहेको उल्लेख गरेको छ। हालसम्म ७२ अपरेटरले फाइभजी एसए नेटवर्क सुरु गरिसकेको तथ्यांक प्रतिवेदनमा समेटिएको छ।

यस्तै सोही महिनामा सार्वजनिक एरिक्सन मोबिलिटी रिपोर्टअनुसार हाल ३३ मोबाइल अपरेटरले नेटवर्क स्लाइसिङमा आधारित सेवा प्रदान गरिरहेका छन्, जसअन्तर्गत कुल ६५ व्यावसायिक रूपमा फरक कनेक्टिभिटी सेवा उपलब्ध छन्। एरिक्सनको विश्लेषणले ९० दूरसञ्चार कम्पनीले फाइभजी एसए नेटवर्क सुरु वा आंशिक रूपमा सुरु गरिसकेको देखाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३० र एरिक्सनको जुन प्रतिवेदनको तुलनामा २० ले बढी हो।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार