अनलाइन अपराध नियन्त्रणमा नयाँ कदमको आवश्यकता

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
अनलाइन अपराध नियन्त्रणमा नयाँ कदमको आवश्यकता
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

फ्रान्स र बेलायतले बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने विचार गरिरहेका छन्। अष्ट्रेलियाले गत महिनामा १६ वर्षमुनिका बालबालिकालाई इन्स्टाग्राम, फेसबुक, टिकटक र युट्युब जस्ता लोकप्रिय प्लेटफर्म प्रयोग गर्न रोक्दा यो विषय विश्वव्यापी बहसमा परेको छ।

प्रतिबन्ध समर्थकहरू बालबालिकाको मानसिक स्वास्थ्य बिग्रँदै गएको अवस्थामा तत्काल कदम आवश्यक रहेको बताउँछन्। तर केही विशेषज्ञहरू पर्याप्त वैज्ञानिक प्रमाण नभएको कारण सन्तुलित उपाय अपनाउनुपर्ने सुझाव दिएका छन्।

अमेरिकी मनोविज्ञानी जोनाथन हेइड्टले धेरै समय स्क्रीनमा बिताउँदा किशोरहरूको मस्तिष्कमा असर पर्ने र मानसिक स्वास्थ्य सङ्कट बढ्ने चेतावनी दिए।

फ्रान्सको सार्वजनिक स्वास्थ्य निकाय एन्सेसले सामाजिक सञ्जालले किशोरहरूमा नकारात्मक प्रभाव पुर्याउने निष्कर्ष निकालेको छ । अनुसन्धानमा सामाजिक सञ्जाल अत्यधिक प्रयोग तथा पूर्ण रोक दुवै अवस्थामा समस्या देखिएको छ।

फ्रान्सका मनोचिकित्सक सर्ज टिसेरनले सामाजिक सञ्जाललाई हानिकारक भने, तर पूर्ण प्रतिबन्धले सामाजिक सञ्जालको प्रभाव सीमित हुन सक्ने बताए। त्यसैले केही विशेषज्ञहरूले अष्ट्रेलियाको प्रयोगलाई परिणामको आधारमा हेरेर निर्णय लिन सुझाव दिएका छन् ।

अष्ट्रेलियाले भर्खरै १६ वर्षमुनिका चार लाख ७० हजार एकाउन्ट बन्द गरिसकेको छ । यस विषयमा विश्वभरका नीति निर्माता र विशेषज्ञहरू अझै बहसमा छन् ।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...