गत वर्ष युरोपमा बिक्री भएको प्रत्येक तेस्रो कार पोर्श इलेक्ट्रिक भएको खुलासा

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
गत वर्ष युरोपमा बिक्री भएको प्रत्येक तेस्रो कार पोर्श इलेक्ट्रिक भएको खुलासा
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

युरोप महाद्वीपभरि पूर्ण वर्षको बिक्री परिणामहरूले पोर्शको प्लग–इन हाइब्रिड र पूर्ण विद्युतीय सवारी साधनहरूले पहिलो पटक आईसीई–वन्लि मोडेलहरूको बिक्रीलाई उछिनेको देखाएको छ।

पीएचईभी र ईभीहरूको सेयर कुल मागमा ५७.९ प्रतिशतले बढेको टेलीग्राफले रिपोर्ट गरेको छ।

साथै महाद्वीपमा बिक्री गरिएका प्रत्येक तेस्रो कारमा पेट्रोल इन्जिन नभएर इलेक्ट्रिक भएको उल्लेख गरिएको छ।

यद्यपि युरोपमा पोर्शको लागि २०२५ खराब वर्ष सावित भएको रिपोर्ट गरिएको छ।

जर्मनीमा बिक्री १६ प्रतिशतले घटेर २९,९६८ सवारी साधनमा पुगेको छ भने बाँकी महाद्वीपमा डेलिभरी १३ प्रतिशतले घटेर ६६,३४० एकाइमा पुगेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ६ माघ २०८२, मंगलवार