
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ परेका प्रसाईँलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
“उहाँको मुद्दा काठमाडौँमा भएकाले उतै पठाउन लागिएको हो”, उनले भने।
यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो ।
प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए।
सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। रासस
प्रकाशित: ५ माघ २०८२, सोमबार