सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा राजीनामा

  • Technology Khabar | ५ माघ २०८२, सोमबार
सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा राजीनामा
सञ्चारमन्त्री खरेल काठमाडौँ, २५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल शुक्रबार चलचित्र विकास बोर्डको सभा हलमा शुक्रबार आयोजना गरिएको ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक अन्तरक्रियामा धारणा राख्नुहुँदै । तस्बिरः भेषराज कार्कीररासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। आज उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका हुन्।

मन्त्री खरेलले आफ्नो राजीनामा पत्रमा वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदान जानुअघि पदबाट राजीनामा दिने निर्णय लिएको उल्लेख गरेका छन्।

“वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्षमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्न वाञ्छनीय निष्कर्षमा पुगेको छु। अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु”, राजीनामा पत्रमा भनिएको छ।

प्रकाशित: ५ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...