एनसेलको ‘युवा सिम’: जेन–जीका लागि सुलभ र डिजिटल जीवनशैलीमैत्री प्याक

  • Technology Khabar | ५ माघ २०८२, सोमबार
एनसेलको ‘युवा सिम’: जेन–जीका लागि सुलभ र डिजिटल जीवनशैलीमैत्री प्याक

काठमाडौं ।

जेन–जी पुस्ताको डिजिटल बानी र सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले हालै ‘युवा सिम’ सार्वजनिक गरेको छ। विद्यार्थी तथा युवालाई सुलभ दरमा कनेक्टिभिटी उपलब्ध गराउने उद्देश्यसहित ल्याइएको यो स्टार्टर प्याकले मूल्य र सुविधाको सन्तुलनमा आकर्षक विकल्प प्रस्तुत गरेको देखिन्छ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकका लागि लक्षित यो प्याक करसहित रु. २९९ मा उपलब्ध छ र २८ दिनसम्म मान्य रहने सेवा सुविधाहरू समेटिएको छ । यसअन्तर्गत अनलिमिटेड एनसेल–टु–एनसेल कल, ५ जीबी डेटा, इसेवा र खल्ती प्रयोग गर्दा डेटा शुल्क नलाग्ने सुविधा, तथा ‘मेरो स्कुल’ अनलाइन शिक्षण प्लेटफर्ममा निःशुल्क पहुँच समावेश छन्। यी सुविधाले युवाको दैनिक जीवनमा आवश्यक सञ्चार र डिजिटल सेवालाई सहज बनाउने अपेक्षा गर्न सकिन्छ ।

अफ–नेट अर्थात नेपाल टेलिकममा प्रति मिनेट रु. १ को दरले उपलब्ध छुट अर्को उल्लेखनीय पक्ष हो। साथै, ५ जीबी डेटा सकिएपछि पनि बिना सेवामा रुकावट प्रति एमबी ५० पैसामा डाटा प्रयोग गर्न सकिने व्यवस्थाले निरन्तर इन्टरनेट पहुँच सुनिश्चित गर्छ, जुन नियमित डाटा प्रयोगकर्ताका लागि उपयोगी छ।

सामाजिक सञ्जालप्रति युवाको आकर्षणलाई सम्बोधन गर्दै एनसेलले २४ घण्टासम्म मान्य १ जीबी सोसल मिडिया डेटा मात्र रु. १९ मा उपलब्ध गराएको छ। फेसबुक, टिकटक र इन्स्टाग्राम लक्षित यो सुविधा छोटो समयका लागि भए पनि सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्तालाई फाइदाजनक हुन सक्छ।

समग्रमा हेर्दा, दूरसञ्चार सेवा, शिक्षा, डिजिटल भुक्तानी र सामाजिक सञ्जाललाई एकै प्याकमा समेट्नु ‘युवा सिम’को बलियो पक्ष मान्न सकिन्छ।

सिम लिनका लागि प्रयोगकर्ताले नजिकको एनसेल सेन्टरमा आवश्यक परिचयपत्र बुझाउनुपर्ने हुन्छ। २८ दिनपछि सेवा निरन्तर कायम राख्न सोही शुल्कमा प्याक पुनः खरिद गर्नुपर्ने व्यवस्था छ, जुन एनसेल एप वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर गर्न सकिने जनाएको छ।

प्रकाशित: ५ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...