
काठमाडौं ।
ओपनएआईले च्याटजीपीटी ट्रान्सलेट लन्च गरेको छ। यो स्ट्यान्डअलोन अनलाइन ट्रान्सलेसन (अनुवाद) उपकरणले ५० भन्दा बढी भाषाहरूलाई समर्थन गर्दछ र गुगल ट्रान्सलेटको प्रत्यक्ष प्रतिस्पर्धीको रूपमा उभिएको छ।
दुई सेवाहरू दृश्यात्मक रूपमा समान देखिन्छन् र दुबैमा दुईओटा टेक्स्ट बक्सहरू रहेको छन्। एउटा बक्समा टेक्स्ट टाइप गर्न वा पेस्ट गर्नको लागि भएको र अर्को बक्सले अनुवादित परिणामहरू प्रदर्शन गर्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
दुई सेवाहरू दृश्यात्मक रूपमा समान देखिए पनि यी दुई सेवाहरूमा केही उल्लेखनीय भिन्नताहरू छन्।
गुगल ट्रान्सलेटले प्रयोगकर्ताहरूलाई अनुवादको लागि विभिन्न तस्बिरहरू र कागजातहरू अपलोड गर्न अनुमति दिन्छ।
च्याटजीपीटी ट्रान्सलेटले टेक्स्ट, तस्बिरहरू र भ्वाइसबाट अनुवाद गर्न सक्ने तर तस्बिरहरूको लागि समर्थन अझै उपलब्ध नभएको च्याटजीपीटी ट्रान्सलेटको गृहपृष्ठले उल्लेख गरेको छ।
डेस्कटप वेबसाइटले केवल टेक्स्ट–टु–स्पीच अनुवादलाई समर्थन गर्दछ भने ब्राउजरहरूले प्रयोगकर्ताहरूलाई टेक्स्ट वा डिभाइसको माइक्रोफोन प्रयोग गर्न अनुमति दिनेछ।
गुगल ट्रान्सलेटको विपरित एप्पल वा गुगल एप स्टोरहरूमा हाल च्याटजीपीटी ट्रान्सलेट एपको कुनै उपलब्ध हुने संकेत नभएको र यो सेवा हाल वेबसाइटका साथै एपको रूपमा उपलब्ध रहेको छ।
प्रकाशित: ५ माघ २०८२, सोमबार