युरोमोनिटर इन्टरनेशनलको तथ्यांङ्कअनुसार हायर विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड बन्न सफल

  • Technology Khabar | २ माघ २०८२, शुक्रबार
युरोमोनिटर इन्टरनेशनलको तथ्यांङ्कअनुसार हायर विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड बन्न सफल

काठमाडौं ।

विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड “हायर” विश्वको नम्बर १ ब्राण्ड घोषित भएको छ। बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको पछिल्लो तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम एप्लायन्समा पुनः एकपटक विश्वकै अग्रणी ब्रान्ड बन्न सफल भएको हो।

विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको जारी विज्ञप्तीमा उल्लेख छ।

युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांङ्क अनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटर तर्फ विगत १८ वर्ष देखि हायर विश्वकै नम्बर एक ब्राण्ड बन्दै आएको छ भने, वासिङ मेसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको नम्बर १ प्रोडक्टका रुपमा स्थापित छन् । त्यतिमात्रै नभएर हायर ब्राण्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रुपमा कायम छ।

“ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो । हामी प्रयोगकर्ताहरूलाई सधैं केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउन तत्पर छौं। हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ,” कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा भनेको छ।

हायर स्मार्ट होमले सन् २०५० सम्म आफ्ना उत्पादनहरु कार्बन रहित बनाउने लक्ष्य राखेको छ। यसका साथै कम्पनीले आफ्ना हरेक गतिविधिहरूमा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने गरी काम गरिरहेको जनाएको छ।

प्रकाशित: २ माघ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार