निन्टेन्डोद्वारा स्विच २ को जोय–कन कन्ट्रोलर्सको लागि पहिलो रङ भेरियन्टहरू प्रस्तुत

  • Technology Khabar | १ माघ २०८२, बिहीबार
निन्टेन्डोद्वारा स्विच २ को जोय–कन कन्ट्रोलर्सको लागि पहिलो रङ भेरियन्टहरू प्रस्तुत
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

निन्टेन्डोले निन्टेन्डो स्विच २ को जोय–कन २ कन्ट्रोलर्सको लागि पहिलो रङ भेरियन्टहरू प्रस्तुत गरेको छ। यो कदमले खेलाडीहरूलाई उनीहरूको सिस्टम (प्रणाली) को लुकलाई अझ कस्टमाइज गर्ने क्षमता दिनेछ।

कन्ट्रोलर्सहरू हल्का हरियो र हल्का बैजनी रङ्गमा उपलब्ध हुनेछन् भने फेब्रुअरी १२ मा भिडियो गेम मारियो टेनिस फिभरको लन्चसँगै रिलिज हुने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

दुवै सेटहरू अब लगभग १०० अमेरिकी डलर मा प्रि–अर्डरको लागि उपलब्ध छन् र कन्ट्रोलर्सको रङ्गहरूसँग मेल खाने रिस्ट र्यापहरूका साथ आउने छन्।

यी स्ट्याण्डर्ड जोय–कन २ कन्ट्रोलर्समा मोसन कन्ट्रोल (गति नियन्त्रण), एचडी भाइब्रेसन (कम्पन) र गेमच्याटको लागि “सी” बटनको साथै स्विच २ प्रणालीको साथमा अन्य उन्नत सुविधाहरू समावेश गरिएका छन्।

यी भेरियन्टहरूको नयाँ विशेषता भनेको रङ्गहरू मुख्यतया भित्री रेलहरूमा र एनालग स्टिकहरू वरिपरि राखिएका छन्। तसर्थ उक्त रङ्गहरू कन्सोलमा कन्ट्रोलर्स जडान हुँदा कम देखिन सक्छन्। अघिल्लो जोय–कन भेरियन्टहरूमा भने सम्पूर्ण बाहिरी सतह रंगीन थियो।

नयाँ कन्ट्रोलर्सको अनावरण गर्नुको साथै निन्टेन्डोले मारियो टेनिस फिभरको लागि लामो गेमप्ले भिडियो पनि जारी गरेको छ र यो फेब्रुअरी १२ मा रिलीज हुनेछ।

प्रकाशित: १ माघ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...