
काठमाडौं ।
माज्दाले युरोपको लागि नयाँ इलेक्ट्रिक क्रसओभर प्रस्तुत गरेको छ सीएक्स–६ई भनिने यो नयाँ इलेक्ट्रिक कार कम्पनीको चीनमा निर्मित ईजेड–६० को युरोपेली संस्करण हो।
माज्दाले जर्मनीको ब्रसेल्स मोटर शोमा लन्च गरेको मोडेल अब यो वर्षको उत्तरार्धमा बिक्रीमा जानेछ।
सीएक्स–६ई क्रसओभरमा रहेको ७८.० किलोवाट–आवर लिथियम–आइरन फस्फेट ब्याट्रीले पछाडि माउन्ट गरिएको इलेक्ट्रिक मोटरलाई पावर आपूर्ति गर्दछ।
समग्रमा २५४ हर्सपावर उत्पादन गर्दै इलेक्ट्रिक क्रसओभरलाई ७.९ सेकेन्डमा ६० माइल प्रतिघण्टाको गतिमा पुर्याउने उल्लेख गरिएको छ।
सीएक्स–६ई भित्र ठूलो स्क्रिन रहेको छ भने एप्पल कारप्ले र एन्ड्रोइड अटो मानक रुपमा उपलब्ध हुने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १ माघ २०८२, बिहीबार