
काठमाडौं ।
रूसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको छ । रूसी रेलवेको जानकारी अनुसार यस मोटरको सञ्चालन क्षमता र ऊर्जा प्रयोग गर्ने दक्षता विश्वका अग्रणी मोटरसँग तुलनायोग्य रहेको छ ।
यो मोटरको परीक्षण पश्चिमी रूसको चेल्याबिन्स्क सहरमा रहेको रूसी विद्युतीय मोटर उद्योगको कारखानामा गरिएको थियो । परीक्षणका क्रममा मोटरको स्थायित्व, सुरक्षा र लामो समयसम्म काम गर्ने क्षमता जाँच गरिएको थियो। परीक्षण परिणाम सन्तोषजनक आएको रूसी रेलवेको भनाइ छ।
‘टिएडी’ छ सय पचास नाम दिइएको यो मोटर छ सय पचास किलोवाट रहेको छ । यसको कार्यक्षमता ९६ प्रतिशतसम्म पुगेको छ, जसले गर्दा कम ऊर्जा खर्चमा बढी काम गर्न सकिने बताइएको छ।
मोटरको तौल करिब सात सय पचास किलोग्राम छ र यसलाई सानो तथा कम्प्याक्ट बनावटमा तयार गरिएको छ, जसले रेलको समग्र तौल घटाउन मद्दत पुर्याउँछ। उक्त मोटर उराल लोकोमोटिभ्स कम्पनीले निर्माण गरिरहेको छ।
यी मोटर रेलहरूमा प्रयोग गरिनेछ । मस्को र सेन्ट पिटर्सबर्गलाई जोड्ने रूसको पहिलो उच्च–गति रेलमार्ग दुई हजार अठाइस सालमा पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
यो रेलमार्ग सञ्चालनमा आएपछि दुई सहरबीचको यात्रा समय करिब दुई घण्टा पन्ध्र मिनेटमा झर्नेछ, जसले यात्रुलाई छिटो, सहज र आधुनिक यातायात सेवा उपलब्ध गराउने विश्वास गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: ३० पुष २०८२, बुधबार