
काठमाडौं ।
चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डीपसिकले आफ्नो अर्को पुस्ताको एआई मोडेल ‘भी४’ लन्च गर्ने अपेक्षा गरिएको छ। उक्त नयाँ मोडेलमा बलियो कोडिङ क्षमताहरू रहेको छन्।
डीपसिकका कर्मचारीहरूले गरेको आन्तरिक परीक्षणले ‘भी४’ ले कोडिङ कार्यहरूमा एन्थ्रोपिकको क्लाउड र ओपनएआईको जीपीटी सिरिज जस्ता प्रतिद्वन्द्वीहरूलाई पछाडि पार्न सक्ने सुझाव दिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
पछिल्लो भी४ मोडेलले (अत्यन्त) लामो कोडिङ अनुरोधहरू ह्यान्डल गर्ने र प्रोसेस गर्ने काममा गरेको प्रगर्तिले जटिल सफ्टवेयर परियोजनाहरूमा काम गर्ने विकासकर्ताहरूको लागि सम्भावित फाइदा पुग्ने रिपोर्ट गरिएको छ।
हाङजाउमा आधारित स्टार्टअप डीपसिक चीनको आफ्नै एआई इकोसिस्टम निर्माण गर्ने र घरेलु चिप क्षेत्रलाई बलियो बनाउने प्रयासमा एक प्रमुख खेलाडीको रूपमा देखा परेको छ।
स्टार्टअपले आफ्नो सुरक्षा र गोपनीयता अभ्यासहरूलाई लिएर धेरै देशहरूमा आलोचनाको सामना गरेको रोयटर्सले पहिले रिपोर्ट गरेको थियो।
प्रकाशित: ३० पुष २०८२, बुधबार