टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
टिक्मो मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक

काठमाडौं ।

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो (Tiqmo) मार्फत आइएमई गरौं, उपहार जितौं  योजना  सार्वजनिक गरेको छ। यहि पौष २१ देखि चैत्र १७ सम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ।

कम्पनीकाअनुसार, टिक्मो एप मार्फत साउदी अरवबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एकजना भाग्यशाली विजेताले बीवाईडी एट्टो १ इभी प्राप्त गर्न सक्नेछन् भने मासिक  दुईजना भाग्यशाली विजेताले याडीया ओविन इभी स्कुटर जित्न सक्नेछन् साथै  साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले आईफोन १७ जित्न सक्नेछन् ।

टिक्मो को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...