२०२५ मा २० प्रतिशत हिस्सासहित एप्पल विश्व स्मार्टफोन बजारको शीर्ष स्थानमा: काउन्टरपोइन्ट

  • Technology Khabar | २९ पुष २०८२, मंगलवार
२०२५ मा २० प्रतिशत हिस्सासहित एप्पल विश्व स्मार्टफोन बजारको शीर्ष स्थानमा: काउन्टरपोइन्ट

काठमाडौं ।

उदीयमान बजारहरूमा बढ्दो माग र आर्थिक गति बलियो बन्दै जाँदा २०२५ मा विश्वव्यापी स्मार्टफोन ढुवानी (शिपमेन्ट) वार्षिक रूपमा २ प्रतिशतले बढेको छ।

यो जानकारी काउन्टरपोइन्ट रिसर्चले सोमबार बाहिर ल्याएको हो। काउन्टरप्वाइन्टका विश्लेषक वरुण मिश्राका अनुसार उदीयमान तथा मध्यम आकारका बजारहरूमा स्थिर माग र आइफोन १७ सिरिजको बलियो बिक्रीका कारण एप्पलले शीर्ष पाँच ब्रान्डमध्ये सबैभन्दा ठूलो अर्थात् २० प्रतिशतबजार हिस्सा ओगट्दै अग्रस्थान हासिल गरेको छ।

शुल्क (ट्यारिफ) को असरबाट जोगिन निर्माताहरूले वर्षको सुरुवातमै ढुवानी अघि सारे पनि २०२५ अघि बढ्दै जाँदा यसको प्रभाव कमजोर हुँदै गयो, जसका कारण वर्षको दोस्रो आधाको भोल्युममा खास असर नपरेको काउन्टरपोइन्टले जनाएको छ।

सामसङ १९ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा रह्यो भने उदीयमान बजारहरूमा स्थिर मागको समर्थनमा शाओमी १३ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा पुगेको छ।

काउन्टरपोइन्टका अनुसन्धान निर्देशक तरुण पाठकका अनुसार चिप अभाव र कम्पोनेन्ट लागत बढ्दै जाँदा र चिप निर्माताहरूले स्मार्टफोनभन्दा एआई डाटा सेन्टरलाई प्राथमिकता दिँदा २०२६ मा विश्व स्मार्टफोन बजार केही नरम हुने अपेक्षा गरिएको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २९ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार